LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

कृष्णा कुशवाहा बिरगंज १०पुस । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले पकहामैनपुर गा पा को मधुबनी मा प्रदर्शन गरेको छन । असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी तरिकाले प्रतिनिधि सभा विघटन भएको भन्दै जसपाले प्रधान मन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छन ।पकाहा मैनपुर गाउँपालिका को सबैठवाबाट सुरु गरिएको विरोध प्रदर्शन खेश्रहा, लाहावर थकरी , पाँकाहाहुँदै मधुबनी चौकमा आएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीले असंवैधानिक अलोकतान्त्रिक कदम खारेज गर, केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतका नाराबाजीसमेत गरेका थिए ।आन्दोलनमा सहभागी नेता कार्यकर्ताहरुले लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रहार भएको बताएका छन् । संघीय परिषद सदस्य शिवजी प्रसाद सोनी राष्ट्रपति र प्रधानमन्त्री मिलेर जनतालाई धोका दिएकोले विरोध गर्नुपरेको बताए ।उनले असंवैधानिक कदमको विरोधमा चरणबद्ध आन्दोलन हुने र प्रतिनीधि सभा पुनर्स्थापना नहुँदासम्म संघर्ष जारी रहने दाबी गरे ।निर्वाचनमा जाने बेला नै नभएको बताउँदै उनले चुनाव गराउने कुरा प्रधानमन्त्रीको नाटकमात्रै भएको दाबी गरे । ‘प्रधानमन्त्रीले भने अनुसार अहिले चुनाव हुन गइरहेको छैन । उनी तानाशाही प्रवृत्ति लाद्ने कोसिस गरिरहेका छन्, हामीले त्यसलाई तोड्नुपर्छ,’ उनले भने, ‘देशलाई बन्धक बनाएर एकतन्त्रीय शासन चलाउने कोसिस भइरहेको छ । देशमा संकटकाल लगाउने तयारी भइरहेको छ । जनताले त्यसको विरोध गर्नुपर्छ ।’जसपाका जिल्ला सदस्य कुस्मी देवीले जनताले पाँच वर्षका लागि संसद गठन गरेकोले त्यही कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भयो ।बिरोध प्रदर्शनमा पार्टीका संघीय परिषद को सदस्य शिवजी प्रसाद सोनी,जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष कुस्मि देवी, रामबाबु चौरसिया,नवल पटेल, गोविन्द यादव,गोपाल बैठा लगायत अन्य थुप्रै मानिस हरुको सहभागिता रहेको थियो । भने जसपा का कार्यकर्ता फरिन्द्र चौहान ले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको