LIVE 
पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | मोटरसाइकल ठक्करपछि मृत्यु,उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै थुनियो | पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

बिरगंज,२० मंसिर। सिमावर्ती क्षेत्रबाट हुने तस्करीका घटना कुनै नयाँ विषय होइन। सिमानाकाबाट हुने तस्करी लगायतका अवैध गतिविधि नियन्त्रण गर्न नेपाल सरकारले सिमा नाका लगायत ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर पर्साको भिस्वा नाकामा भने सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भईरहेको पाईएको छ।

स्थानीय स्रोतका अनुसार भिस्वा नाकाबाट दैनिक १० देखि २० ट्रेक्टर  हड्डी, कबाड र ३ देखी ४ ट्रेक्टर ड्रम (डराम) को अवैध तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको छ । सशस्त्र प्रहरी बल बन्जारी–भिस्वा बीओपीका सशस्त्र प्रहरी निरीक्षक रोशन मगर आएकै दिन देखी तस्करी झन्डै बढेको छ। आर्थिक चलखेलमा ठूलो मात्रामा तस्करी भैरहेको नाम नखोल्ने सर्तमा कबाडमै दैनिक जालामा काम गर्ने त्यहिका स्थानीयहरु बताएका छन।

सीमा सुरक्षा गर्ने, चोरी–तस्करी रोक्ने र राजस्व सुरक्षित गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै सेटिङमा अवैध गतिविधि तस्करी भइरहेको स्थानीयहरूको भनाइ छ। उनीहरूका अनुसार, सशस्त्र प्रहरी बीओपीका इन्चार्ज प्रहरी निरीक्षक रोशन मगर मोटो रकम लिएर तस्करीका लाइन  खुलाएका छन। रातिको समयमा हड्डी, कबाड भारतको सिक्टा र बिहान् ,दिउँसो र राति ड्रम भारतको बलथर पुर्‍याउन गरेका छन ।

भिस्वा नाकामा सक्रिय तस्कर शशिकान्त कुशवाहाले हड्डी र कबाड तस्करीको लाइन पाएको स्रोतले जनाएको छ। राति सिक्टा–भिस्वा खोला किनारको खेतहरुको बाटो प्रयोग गरी उनीहरूले ठूलो मात्रामा हड्डी र कबाड भारतको सिक्टा लैजाने गरेका छन्। त्यस्तै, बिहान् ,दिउँसो र रातिको समयमा ड्रम (डराम) तस्करहरूले जयमंगलापुरको माई मन्दिर अगाडिको बाटो हुँदै खोला किनारबाट दैनिक ४०-५० साइकल ड्रम भारतको सरकियाटोला पुर्‍याउन गरेका छन।

स्थानीयहरूको अनुसार, प्रहरीकै मिलेमतोमा हुने तस्करी रोक्न कुनै प्रभावकारी प्रयास भइरहेको छैन। यसरी निरन्तर तस्करी हुँदै जाँदा भिस्वा नाकामा तैनाथ सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको छ।

उनहरूका अनुसार, प्रहरी र तस्करबीचको ‘सेटिङ’ अन्त्य नभएसम्म सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सम्भव नहुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको