LIVE 
पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला | वीरगञ्जमा कर्फ्यू अवधि थप, बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागू | बहुदरमाईमा बार्षिक बजेट कार्यक्रम तथा नीतिगत निर्णयहरु सार्वजनिक | छपकैया नाकामा प्रहरीकै मिलेमतोमा तस्करी, गृहमन्त्रीको निर्देशन बेवास्ता |

बिनोद यादव / पर्सा – पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित सोनवर्षा स्वास्थ्य चौकी प्राङ्गणमा सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौली पर्साको आयोजना, गाउँपालिकाको सहयोग तथा वडा नं. १ को समन्वयमा निःशुल्क रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रक्तदानजस्तो परोपकारी कार्यमा २२ जना स्वयंसेवी रक्तदाताले सहभागिता जनाएका थिए, जसमा दुई जना महिला समेत थिए।

समाजसेवा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस रक्तदान कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने वडा नं. १ का वडा अध्यक्ष फरमान मिया अन्सारी विशेष अतिथि थिए। कार्यक्रममा सहज सेवा सीप विकास केन्द्रकी कार्यक्रम निर्देशक सुस्मिता कुमारी चौधरी, रक्त सञ्चार केन्द्र पर्सा वीरगंजका प्राविधिक मनिस कुमार साह, समीर आलम, शनि कुमार यादव, मन्दीप पटेल, स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट शत्रुधन साह, प्रविन्द महतो तथा पत्रकार प्रमोद यादव, चिरञ्जीवी यादव र विनोद यादवको समेत विशेष उपस्थिति रहेको थियो।

(Advertisement)

कार्यक्रमका प्रमुख अतिथि भुजेन्द्र प्रसाद यादवले रक्तदानलाई एक महान कार्य बताउँदै समाजमा अझै पनि यसको महत्त्वबारे पर्याप्त चेतना नहुँदा आकस्मिक रक्त अभावका समस्या देखिने बताए। रक्तदान कार्यक्रमले न केवल जीवन बचाउने सहयोग गर्छ, बरु यसले रक्तदाताहरूलाई समेत स्वस्थ रहन मद्दत पुर्‍याउँछ भन्ने कुरामा उनले जोड दिए। रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समाजका धेरैभन्दा धेरै मानिसहरूलाई यस कार्यमा जोड्न आवश्यक रहेको उनले उल्लेख गरे।

त्यसैगरी, वडा अध्यक्ष फरमान मिया अन्सारीले रक्तदानलाई केवल सहयोग मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए। वडावासी तथा गाउँपालिकाका नागरिकहरू समाजसेवाका यस्ता कार्यमा संलग्न हुनु सुखद पक्ष भएको बताउँदै उनले रक्तदाता, आयोजक संस्था, स्वास्थ्यकर्मी तथा सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरे। यस्ता कार्यक्रमले समाजलाई स्वास्थ्यप्रति सचेत बनाउन र परोपकारी भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। वडा कार्यालयको तर्फबाट भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैलाई नियमित रक्तदान गर्न प्रेरित गरे।

कार्यक्रम संयोजक मुना तिवारीले रक्तदान कार्यक्रममा युवाहरू तथा महिलाहरूको उल्लेखनीय सहभागिता अत्यन्त प्रशंसनीय रहेको बताइन्। रक्तदान एउटा महान परोपकारी कार्य भएको उल्लेख गर्दै उनले भने, “रक्तदान गर्नु भनेको सौभाग्यको कुरा हो, किनकि यसले कसैको जीवन बचाउन सक्छ।” भविष्यमा पनि यस्ता समाजसेवा सम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउन अनुरोध गर्दै उनले रक्तदाता साथीहरूलाई नमन गरिन्।

स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको यस रक्तदान कार्यक्रममा समग्र व्यवस्थापन प्रभावकारी रहेको थियो। उपस्थित अतिथिहरू, स्वयंसेवकहरू तथा रक्तदाताहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको देखिन्थ्यो। कार्यक्रम समापनसँगै आयोजक संस्थाले भविष्यमा पनि यस्ता रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने अभियानलाई अझ व्यापक बनाइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको