LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

पर्सा, नेपाल – प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा होली मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बीरगंज महानगरपालिका–१५ स्थित पोखरी रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा विभिन्न अतिथिहरूको उपस्थितिमा होली पर्वको उल्लासमय वातावरण सिर्जना गरियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जरालगायतलाई अध्यक्ष यादवले अबिर लगाई शुभकामना आदानप्रदान गरे।

त्यसैगरी, प्रदेश सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कृष्ण उदास खनाल, प्रतिनिधि सन्तोष पौडेल, मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, सचिव रन्जित पाण्डे, पूर्व सचिव मुनेश लायो मगर, प्रदेश सदस्य दीपेन्द्र कुमार साह, भरत सर्राफ, प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला अध्यक्ष शिवनाथ यादव, सचिव अजित भुजेल, सहसचिव बिदुर गौतम, रन्जित यादव, कोषाध्यक्ष सन्जित गुप्ता, सदस्यहरू रितेश झा, प्रणय साह, बलिराम यादव, सन्जोग गिरि, सन्तोष कुमार कुशवाह, अमिर मन्सुरी, शशि बिचित्र, अनिल ओझा, रन्जित चौरसियालगायतका सञ्चारकर्मीहरूलाई पनि अबिर टिका लगाएर शुभकामना आदानप्रदान गरियो।

कार्यक्रममा सहभागीहरूले विभिन्न होली गीतमा नृत्य गर्दै आपसी सद्भाव, भाईचारा र मित्रतालाई सधैं कायम राख्ने सन्देश प्रवाह गरे।

प्रेस सेन्टर पर्साका सचिव अजित कुमार भुजेलले कार्यक्रमको सहज सञ्चालन गरेका थिए।

{ Advt}

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको