LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

राजन कुमार बानिया । पर्सा १८ माघ पर्साको पोखरिया नगरपालिकामा यहि माघ २२ गतेदेखि सुरु हुनगईरहेको महिला हरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पि.भी.खोप अभियान अाज
स्वासथ्य कार्यालय पोखरियाले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मी र सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएका छन। पोखरिया नगरपालिकाको सभाहलमा अायोजित
कार्यक्रममा पोखरिया स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले माघ २२ देखि २८ गतेसम्म पालिकाको १० वडामा चल्ने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने बताए । माघ २२ देखि सञ्चालन हुने एच.पि.भी.खोप अभियानलाई सफल बनाउन पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिव सिंह पटेलले बताए । अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रहपनि गरे ।
अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, ,राजनीतिकर्मी ,सञ्चारकर्मी , संघसंस्था ,लगायतलाई अाग्रह गरे । सहसंयोजक पटेल ले भने एच.पि.भी.खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर अाअाफ्ना छोरीहरुलाई उक्त खोप लगाउन नगरबासी संग अाग्रह समेत गरे।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिला हरु को मृत्यु हुने गरेको अभिमुखिकरण मा प्रकास पार्नु भएको थियो। यो एच,पि,भी खोप अबिभाईत बालिका र किसोरी हरु लाई लगाउने बताए । बालिका र किसोरी हरु लाई एच,पि,भी खोप लागि सकेपछी पाठेघर को क्यान्सर नहुने बिश्वासर रहेको पटेल ले बताए । कार्यक्रम का प्रमुख अतिथि रहनु भएकि पोखरिया नगर उपप्रमुख रुबी ठाकुर ले एच ,पि,भी,खोप अभियान मा चारै तरफ बाट सहयोग गरि सफल बनाउन अाग्रह समेत गरिन। पोखरिया नगर भित्र रहेका बालिका र किशोरी हरु लाई र साथै बाहिर बाट अाएका राउटे , ईट भाठा लगायतको ठाउँहरुमा निगरानी गरि एच,पि,भी खोप दिलाउन मा सहयोग गरिदिन अाग्रह समेत गरिन। अभिमुखिकरण कार्यक्रम स्वास्थ्य प्रमुख कौशलेन्द्र मिश्रा को अध्यक्ष्ातामा सम्पन्न भएको छ। कार्यक्रममा वडाअध्यक्ष लक्षमण साह, नौसाद अालम, प्रमोद गिरी,केदार महतो,प्रमान्नद पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया का सभापति भगवान कुर्मी, नगरप्रहरी प्रमुख दिनेश चौहान , बिधालय का शिक्षक,संचारकर्मी , स्वास्थ्यकर्मी,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको