LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

पर्सा १० माघ ।नेपाल सरकारद्वारा भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुुक्त तबरेज अहमदले आज(बिहीबार)देखि कार्यभार सम्हालेका छन् ।
गत पुस २९ गते सरकारले पर्सामा अहमदसंगै ७७ जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको थियो । नियुक्त भएको दुई सातापछि अहमदले बिहीबार वीरगन्जस्थित भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षको पदभार ग्रहण गर्दै विधिवत रुपमा कार्यभार सम्हालेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का युवा नेतासमेत रहेका अहमदले यसअघि २०७८ चैत १७ गतेदेखि २०८० चैत ८ गतेसम्मपनि पर्साको भूमी आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए ।
जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष अहमदलाई पदभार ग्रहण गराउँदै उनको सफल कार्यकालको लागि शुभकामनापनि दिए ।
बिहीबारदेखि पदभारग्रहण गर्दै कार्यभार सम्हालेका अध्यक्ष यादवले यसअघिको दुई वर्षे कार्यकालमा पर्सा जिल्लामा रहेका भूमीहिन विपन्न,दलित,अल्पसंख्यक समुदायका लागि आँफुले धेरै कामहरु गरिसकेको र अधुरा रहेका कामहरु यस कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाए ।अबको ३ वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमि सम्बन्धि समस्या स्थायीरूपमा समाधान हुने उनले बताए।
अध्यक्ष अहमदले साविकका आयोग देखि हालसम्मको आयोगले गरेका कामकारबाहीलाई समेट्ने गरि स्मारिका प्रकाशित गर्ने निर्णयपनि गरेको जानकारी दिए ।अध्यक्ष अहमदले यो अन्तिम आयोग हुने भएकोले जिल्लाका सम्पूर्ण भुमिहिनहरुको समस्या समाधान हुने गर्नेगरि काम गर्ने समेत बताए ।
त्यसअवसरमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा , जसपाका नेता प्रेमबाबु पटेल , पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा,नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान,जसपाका नेताहरु असलम आलम,मुकेश द्धिवेदी,अमित यादव, मुस्तकिम अन्सारी,मुकेश द्धिवेदी लगायतकाकोपनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको