LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

काठमाडौं : विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नागरिकता पाउने गरी विधयेक पारित भएको छ । प्रतिनिधि सभाको हिजाेको बैठकले बहुमतद्वारा विधयेक पारित गरेको हो ।

विधयेकको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उभिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमिकिपा विधयेकको विपक्षमा उभिएका थिए । एमालेले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष समय राख्नुपर्ने माग राखेका थिए ।

विधयेकमा ४५ जना सांसदहरुले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेपनि पारित भएन । टेबुल गरिएकै विषय पारित भयो ।

विधयेकमा ३ असोज २०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भए उक्त व्यक्तिको १६ वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

२२ साउन २०७५ मा संसदमा दर्ता भएको नागरिकता विधयेक ४ वर्ष पूरा हुनलाग्दा पारित भएको हो ।

विधयेकले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ ।

नेपालमा फेला परेका तर आमा बुवा दुवैको ठेगान नभएके नाबालकलाई बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको आधारमा नेपाली नागरिक मानिने भनिएको छ ।

नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसेको व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको