LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

जनकपुरधाम : जनकपुर–पोखरा सिधा हवाई उडान सेवा सुरु हुने भएको छ । शनिबार हुने पहिलो उडानमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली जनकपुर आउने प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

मुख्यमन्त्री नेपालीलाई जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप लगायतको अवलोकन गर्ने कार्यक्रम छ । सिधा उडानले पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको मन्त्री साहले बताए । पहिलो चरणमा बुद्ध एयरले उडान गर्दै छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेश प्रदेशको समन्वयमा मुख्यमन्त्री नेपाली जनकपुरधाम आउन लागेका हुन् । यसअघि मधेशका मुख्यमन्त्री राउत गत असोज ६ मा पोखरा भ्रमणमा गएका थिए । सप्ताहमा तीन उडान गरिने तयारी गरिएको छ । यात्रुको चाप बढे उडान सेवासमेत थप हुने जनाइएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि जनकपुर–पोखरा उडान स्थगित थियो ।

साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार जनकपुर–पोखरा हवाई उडान हुने बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले बताए । जनकपुर–पोखरा राजमार्गबाट आवतजावत गर्न १० घण्टा लाग्छ । लामो दूरीका कारण पर्यटकलाई आवतजावतमा असहज हुँदा जनकपुर र पोखराका पर्यटक काठमाडौं पुगेर ती सहर जान बाध्य थिए । पोखरा जनकपुरमा हवाई उडान अवधि ४५ मिनेटको हुने सिंहले बताए । ‘पहिलो दिन १८ सिटको विमान आउन लागेको छ,’ उनले भने, ‘बुद्ध एयरसँग १८, ४२ र ७२ सिटको विमान छ । यात्रुको चापअनुसार थपघट हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको