LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

अनिल सहनी निषाद बिरगंज १३ फागुन । आज नारायणी रङ्गशालाको क्रिकेट मैदानमा मुर्लि युवा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ वीरगन्ज संयुक्तरूपमा एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता शायद अलिको सभापतित्वमा
सुरु गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया र प्रदेश सभा सदस्य ओमप्रकास
शर्माले व्याटिङ्ग गरि खेलको उद्घाटन गरिएको थियो।
कार्यक्रममा अतिथि नेपाली काङ्ग्रेसकै जिल्ला सचिव श्याम पटेल, एक नम्बर क्षेत्रीय सचिव अरविन्द गुप्ता, महासमिति सदस्य रामजी चौधरी, महाअधिवेशण प्रतिनिधि जमिला खातुन, वीरगन्ज स्पोर्ट्स क्लबका प्रशिक्षक जहुर अंसारी, क्यान पर्सा अध्यक्ष दाउद अंसारी, वरिष्ठ पत्रकार विजय चौहान, पब्लिक एफएमका अनिल सहनी निषाद, एवं वीरगन्जका खेलप्रेमीहरुको भव्य उपस्थिति रहेको थियो।
एक दिवसिय प्रतियोगिताको सुरुवाती खेल वीरगन्ज स्पोर्ट्स क्लब र वीरगन्ज क्रिकेट ट्रेनिङ सेन्टर वीच भएको थियो।


वीरगन्ज क्रिकेट ट्रेनिङ सेन्टरले टस जिती वँलिङ्ग रोजेका थिए।
एक दिवसिय वीरगन्जमा सुपरलिग फालगुन १३ देखि २२ गते सम्स हुने कार्यक्रम अध्यक्षले जानकारी गराए।
कार्यक्रमको संचालन शिक्षक असलम अंसारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको