LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

बिरगंज ५ माघ । ज्ञानदा एकेडेमीले प्रथम श्रृंखला अन्तर्गत ‘ज्ञानदा टक शो’ सम्पन्न गरेको छ । कार्यक्रमका सभापतित्व ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदली र प्रमुख अतिथि भारतीय महाबाणिज्य दूतावास बिरगंजका महाबाणिज्य दुत श्री नितेश कुमार र व्यवस्थापन समितिका अध्यक्षबाट सयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलित गरी विधिवत् शुरुवात गरियो । राष्ट्रिय गान सामुहिक रुपमा गायनका साथै विद्यालयका छात्र र छात्राहरुले स्वागत गीत गायन गरी उपस्थित महानुभावहरुलाई आतिथ्य सत्कार गरेका थिए ।
त्यसैगरि आमन्त्रित अतिथिहरुलाई विद्यालयका प्र.अ. डा. सि.बि. जदली र व्यवस्थापन समितिका अध्यक्ष सन्दिप कुमार तुल्सयानद्धारा खादा र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको शुभारम्भमा ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदलीले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य व्यक्ति र व्यक्तित्व एक अर्काका पूरक भएकाले आफूभित्रको प्रतिभा सिमित नराखि त्यसलाई प्रस्फुट्न गराई व्यक्तित्व निखान् यसप्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सन्दिप कुमार तुल्सयान ज्यूले कार्यक्रमको उद्देश्य र भूमिकाबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । यसका साथै बीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री नितेश कुमारले विद्यालयद्धारा यसप्रकारका कार्यक्रमले छात्र र छात्राहरुमा सहि मार्गदर्शन र उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसप्रकारका कार्यक्रम हुनु पर्नेमा जोडदिनुभयो र साथै उहाँले यसप्रकारको कार्यक्रम आयोजना गर्ने विद्यालयको खुलेर प्रशंसा गर्नु भयो । यसपछि ज्ञानदा एकेडेमीद्धारा नवनिर्मित (ऋघ) स्टुडियोको उद्घघाटन महावाणिज्य दूतले नै रिबन काटेर गर्नुभएको थियो । त्यसपछि ज्ञानदा टक शोको श्रृंखला एकको शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यालयका शिक्षक, शिक्षिका र छात्र – छात्राहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको