LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

वीरगञ्ज, १८ पुष । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जिपको ठक्करबाट एउटा बाघ मरेको छ ।
हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो
कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट भने, ‘ घाइते बाघ एकछिनमै मर्‍यो ।’
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको बताए ।
‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’
प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।
दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ । हालै सरकारले गरेको अध्ययनअनुसार चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयस्क बाघ थेग्न सक्ने (भारवहन) निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको