LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

वीरगञ्ज,१५ माघ। पर्साको सीमावर्ती क्षेत्र पन्टोका नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक रूपमा तस्करी फस्टाएको पाइएको छ। स्रोतका अनुसार वीरगञ्जस्थित छोटी भन्सार अन्तर्गत पर्ने पन्टोका नाकाबाट दैनिक रूपमा खुल्लमखुल्ला अवैध सामान ओसारपसार भइरहेको छ।

तस्करी गराएबापत सुरक्षाकर्मीहरूले ‘रेट सिस्टम’ अनुसार तस्करहरूसँग रकम असुल्ने गरेको बताइएको छ। साना तस्करदेखि ठूला तस्करसम्मसँग नियमित रूपमा रकम उठाइने र ठूला तस्करहरूसँग प्रतिमहिना लाखौँ रुपैयाँको लेनदेन हुने गरेको स्रोतले दाबी गरेको छ।

भारतको बिहार राज्यअन्तर्गत पर्ने रक्सौलबाट पापड, काजु, कपडा, जुत्ता, मोटर पार्ट्स, ललिपप चकलेट, डेरी मिल्क, बटर लगायतका विभिन्न उपभोग्य तथा औद्योगिक सामग्री भन्सार नतिरी नेपाल भित्र्याइने गरेको जनाइएको छ। तस्करहरूले दैनिक लाखौँ रुपैयाँ बराबरको सामान बिना राजस्व भुक्तानी नेपाल भित्र्याउँदै आएको आरोप छ।

स्थानीय स्रोतका अनुसार तस्करीको मुख्य मार्ग वीरगञ्जको छोटी भन्सार पन्टोका नाका नै बनेको छ। प्रहरीबाट ‘ग्रिन सिग्नल’ पाएपछि नुनदेखि सुनसम्मका सामान निर्बाध रूपमा तस्करी हुने गरेको दाबी गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका बोर्डर पोस्टहरूको मिलेमतोमा मोटरसाइकल र साइकलमार्फत मालसामान ओसारपसार हुने गरेको बताइएको छ।

यस विषयमा स्थानीय नागरिकहरूले सीमावर्ती नाकालाई कमाइ खाने भाँडो बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। राज्यले उठाउनुपर्ने ठूलो परिमाणको राजस्व गुमिरहेको अवस्थामा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व विभाग तथा राजस्व अनुसन्धान विभागले यस विषयमा तत्काल गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको