LIVE 
वीरगञ्जमा ७६ हजार भन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ | पर्साको धोबिनीमा पुल भत्किँदा यातायात पूर्णरूपले ठप्प | पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

पर्सा २ असोज । पर्साको धोबिनी गाँउपालिकामा आज नेकपा एमाले को गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । धोबिनी गाउँपालिका वडा नं ५ धोबिनी मा भएको अगुवा कार्यकर्ता भेला नेकपा धोबिनी गाँउपालिका सचिव हरि पटेल को अध्यक्षतामा भएको भेला मा नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजरा ले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो । हजराले नितान्त व्यक्तिगत स्वार्थका कारण पार्टी बिभाजन गर्ने नेताहरुलाई आउने चुनावमा तह लगाउनुपर्ने धारणा राख्नुभयो ।

बिशिष्ट अतिथि रहनु भएका जिल्ला सचिव एव छिहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले भने तिन बर्षमा ओली सरकार ले गरेका राष्ट्रिय गौरवका आयोजना,मधेशको लाईफलाईन हुलाकी सडक निर्माण पेट्रौलियम पाईप लाईन लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा अब्दध गराई बहुमत को सरकार बनाउने बताए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताएका थिए ।कार्यक्रममा प्रदेश सदस्य जोगेन्द्र साह, जिल्ला सदस्य सुरेश पटेल, सदाम हुसेन,बिरेन्द्र साह, सुनिल साह कानु, अमबिका राउत कुर्मी, एैनुल हक मियाँ ,राजेन्द्र यादव,समसुल मियाँ , अबास मियाँ ,सोयाब अंसारी संजय गुप्ता , लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको