LIVE 
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | मोटरसाइकल ठक्करपछि मृत्यु,उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै थुनियो | पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो |

बिरगंज, १० मंसिर । युवा नेता साहरुख मंसुरीले प्रधानमन्त्री सुसिला कार्कीले हालै मुस्लिम महिलासम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर असन्तोष जनाएका छन्। उनले प्रधानमन्त्रीले संवेदनशील विषयमा पर्याप्त अध्ययन र बुझाइबिना टिप्पणी गरेको आरोप लगाउँदै कडा चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्दै मंसुरीले प्रधानमन्त्रीलाई सत्यतथ्य बुझेर मात्र बोल्न आग्रह गरे। उनले भने, “प्रधानमन्त्रीज्यू, हजुरले व्यक्त गरेका धेरै कुरा बारम्बार गलत साबित भइरहेका छन्। सत्य–तथ्य बुझेर बोलिदिनुहोस्। महिलाका संवेदनशील विषय महिलाले नै गहिरोसँग बुझ्न सक्नुपर्छ नि हजुर।”

उनका अनुसार, प्रधानमन्त्रीको उक्त टिप्पणी मुस्लिम समुदायको भावना विपरीत मात्र नभई अनावश्यक विवाद सिर्जना गर्ने प्रकृतिको छ। देशको सर्वोच्च कार्यकारी पदमा रहेकाले सबै जाति, धर्म, समुदाय र संस्कृतिप्रति समान सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने र पदको मर्यादा कायम राख्नुपर्ने मंसुरीको तर्क छ।

घटनापछि मुस्लिम समुदायका विभिन्न प्रतिनिधिहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै आलोचना थालेका छन्। उनीहरूको भनाइमा, धार्मिक तथा सांस्कृतिक संवेदनशील विषयमा सरकार प्रमुखले प्रयोग गर्ने शब्दले प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता टिप्पणी अत्यन्तै सावधानीपूर्वक गर्न आवश्यक हुन्छ।

समुदायका अगुवाहरूले यस विषयमा सरकारसँग आधिकारिक स्पष्टिकरण माग्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनीहरूको अनुसार, मुस्लिम महिलाको अधिकार, धार्मिक संवेदनशीलता र सामाजिक सम्मान जस्ता विषय अत्यन्त महत्वपूर्ण भएकाले यसबारे हल्का टिप्पणी स्वीकार्य हुँदैन।

यस घटनापछि मुस्लिम महिला अधिकार, धार्मिक सम्मान, विविधताको संरक्षण, राजनीतिक अभिव्यक्तिमा संवेदनशीलता र नेतृत्वको जिम्मेवारीबारे सार्वजनिक बहस समेत चर्किंदै गएको छ। मंसुरीले प्रधानमन्त्रीले अविलम्ब आफ्नो अभिव्यक्ति स्पष्ट पार्नुपर्ने र यदि गलत बुझाइ भएको हो भने सच्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको