LIVE 
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | मोटरसाइकल ठक्करपछि मृत्यु,उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै थुनियो | पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो |

असोज,४ वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा जनचेतना मूलक तालिम कार्यक्रम नाममा लाखौं रुपैयाँ अनियमितता भएको पाईएको छ । परवानीपुर गाउँपलिकामा आर्थिक वर्ष २०७९/८० मा तालिम लगायतको सचेतना कार्यक्रममा ७३ लाख बढि रुपैयाँ खर्चेर लाखौं रुपैयाँ अनियमितता भएको पाईएको छ ।

भ्रष्टाचार गर्न सूक्ष्म अनुभव बटुलेका परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार लेखा प्रमुख  लगायतको मिलेमतोमा ब्युनिसियन तालिम, सिलाई कटाई, सरसफाई, सार्वजनिक सुनुवाई, लैंगिक हिंसा लगायतको विभिन्न कार्यक्रममा ७३ लाख ७० हजार ९०० रुपैयाँ अनियमित खर्च देखिईएको छ । अधिकांश कार्यक्रमहरूमा लाभग्राही छनोटको आधार छैन, जनसहभागिता छैन, न त सार्वजनिक पारदर्शिता नै देखिन्छ ।

सरकारी मापदण्ड विपरित खर्च

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले सरकारी मापदण्ड विपरित कार्यक्रम संचालन गर्दै सुनियोजित रुपमा गैरसरकारी संस्थामार्फत रकम खर्च गरेका छन् । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ मा कुनै पनि खरिद कार्यको लागत अनुमान तयार गर्नुपर्ने र सार्वजनिक खरिद नियमावली २०६४ को ६९ अनुसार परामर्श सेवा खरिद गर्दा कार्य क्षेत्रगत सर्त तयार गरी सो बमोजिम प्रस्ताव माग गर्नुपर्ने व्यवस्था छ ।

जसअनुसार संस्थाहरूको कार्य क्षेत्रगत सर्त, कार्यसंचालन विधि, तालिम सम्बन्धी माग सङ्कलन, अनुभव, तालिममा सहभागीको छनौट, समयावधी र लाग्ने रकमको लागत अनुमान तयार गरि तोकिएको खरिद प्रकृया पुरा गरि खरिद गर्नुपर्ने व्यवस्था छ ।

तर गाउँपालिका अधिकृत मुन्ना रौनियारले योजनागत लाभ लिने व्यक्ति र संस्थाहरुको सेटिङ्गमा सेवा प्रदायकको छनौंट सम्बन्धी कार्यक्षेत्रगत शर्त लगायतका नियम विपरित न्यून आर्थिक प्रस्ताव पेश गरेको आधारमा मोटो कमिसन दिएको गैरसरकारी संस्थाहरुको मिलेमतोमा मोटामोटी लागत अनुमान तयार गरेर संस्था छनौंट गरि सम्झौताको आधारमा तालिम संचालन गरी विभिन्न एक दर्जन संस्थालाई ७३ लाख ७० हजार ९०० रुपैयाँ भुक्तानी गरेको पाईएको छ ।

यसरी बाँडियो सार्वजनिक पैसा

महालेखा प्रतिवेदन अनुसार निम्न संस्थाहरुलाई निम्न शिर्षकमार्फत रकम दिईएको छ:
• संस्कृति एवम् सामाजिक विकास क्लब– बालबालिका नेतृत्व विकासको तालिम: रु २६००००
• सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.–एकैपटक ३ वटा तालिम संचालन गरेवापत: रु ११९७८००
• राष्ट्रिय जनचेतना विकास केन्द्र – सिलाई कटाई तालिम: रु ४८४१३५
• तराई डेभलपमेन्ट फाउण्डेशन नेपाल – एकल महिलाहरुलाई आय आर्जन सम्बन्धी तालिम: रु २४९६००
• सबल नेपाल तालिम केन्द्र – दलित महिलाहरुलाई सशक्तिकरण तालिम: रु २४८६४०
• पर्सा डेभलपमेनट प्रा.लि. – सेनेटरी प्याड बनाउने तालिम: रु ४९६०७०
• पर्सा डेभलपमेन्ट प्रा.लि. – २० दिने व्युटिसियन तालिम: रु ४९६६३५
• ग्रामिण प्रविधि केन्द्र प्रा.लि. – लैंङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी तालिम: रु २९८२००
• सक्सेस स्कील डेभलपमेन्ट फर्म – लोकसेवाको प्रथम पत्र कक्षा संचालन: रु ३९८४९४
• जन कल्याण डेभलपमेन्ट एण्ड एग्रीकलचर प्रा.लि. – सरसफाई सम्बन्धी कार्यक्रम: रु ४९८९५७
• सक्सेस स्कील डेभलपमेन्ट फर्म – लोक सेवाको द्वित्तिय पत्रको कक्षा संचालन गर्न: रु ३९८४९४
• श्री साथी नेपाल – महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच: रु ५०००००
• सहयोगी नेपाल – सार्वजनिक सुनुवाई : रु २०००००
ग्रामिण सिप विकास तथा परामर्श केन्द्र – लैंङ्गिक हिंसा न्यूनिकरणका लागि महिला पुरुष तालिम: रु १९७८७५
• सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि. – प्राविधिक सिप मूलक तालिम र उद्यमीहरुको स्तरउन्नती तालिम: रु ११९७७८००
कुल जम्मा खर्च देखाईएको: रु ७३७०९००

बेरुजू कायम, भ्रष्टाचार पुष्टि

यस सम्पूर्ण अनियमित खर्चलाई महालेखाले बेरुजू (विना प्रमाण खर्च) रूपमा कायम गरेको छ । महालेखा प्रतिवेदनले भनेको छः

“लाभग्राही छनौटको आधार पेश नगरिएको, लक्षित वर्गको माग वा आवश्यकता पहिचान नगरी  तालिम कार्यक्रम सञ्चालन गरिएको पाइएकोले सो खर्चमा भ्रष्टाचारको प्रबल आशंका देखिन्छ ।”

परवानीपुर गाउँपालिकामा तालिम लगायतका जनचेतना मूलक कार्यक्रमको नाममा खर्च गरिएको ७३ लाख रुपैयाँको भ्रष्टाचार सरकारले गम्भिरता पूर्वक छानबिन गर्नुपर्ने देखिन्छ । यस घटनाले सार्वजनिक सेवा र बजेट खर्चमा देखिएको लापरवाहीप्रति नागरिकको गम्भीर चासो र गणतान्त्रिक शासनको जवाफदेहितामा प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको