LIVE 
मोटरसाइकल ठक्करपछि मृत्यु,उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै थुनियो | पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला | वीरगञ्जमा कर्फ्यू अवधि थप, बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागू | बहुदरमाईमा बार्षिक बजेट कार्यक्रम तथा नीतिगत निर्णयहरु सार्वजनिक |

सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ मधेपुरा टोलमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालयको बजेटमा सञ्चालित सडक तथा पोखरी संरक्षण कार्यको अनुगमन गर्न गएका पत्रकारमाथि कुटपिट, गालीगलौज, ज्यान मार्ने धम्की र लुटपाट भएको छ।

स्थानीय पत्रकार प्रकाश मण्डलले करीब २५ लाख रुपैयाँ लागतमा सञ्चालनमा रहेको निर्माण कार्यको प्रगति बुझ्नका लागि स्थलगत अनुगमन गर्न गएका थिए। तर पानीमै ढलान तथा पोखरी रिटनिङ वाल निर्माण गरिरहेको देखेपछी फोटो खिच्ने क्रममा उनि माथी कुटपिट भएको हो ।

उक्त स्थलमा निर्माण कार्यमा संलग्न उपभोक्ता समिति, मिस्त्री तथा पोखरीबाला राजा प्रसाद सिंहका परिवारका सदस्य नवीन सिंह, नितेश कुमार सिंह (सुमन) लगायतले उनीमाथि सामूहिक आक्रमण गरेको पीडित मण्डलले बताए। “मैले विकासको नाममा भइरहेको कामको वास्तविकता बुझ्न पुगेको थिएँ,” पत्रकार मण्डलले बताए, “तर त्यसकै बदलामा मलाई अपमानित गरियो, हातपात गरियो, धम्की दिइयो र मोबाइल र चेकसमेत लुटियो।

उनका अनुसार झगडाको क्रममा उनीसँग रहेको २० हजार रुपैयाँ बराबरको चेक र OPPO मोबाइलसमेत लुटिएको हो।

उक्त घटना उमाकान्त मण्डलको घरदेखि जन्डौल कुशाहसम्मको माटो ग्राभल, ढलान तथा पोखरी रिटनिङ वाल निर्माण कार्य निरीक्षण गर्ने क्रममा भएको हो। घटनालाई प्रत्यक्ष देखेका स्थानीय अवकाशप्राप्त शिक्षक श्यामनारायण साहुले भने, “पत्रकार अनुगमनका लागि आएको थियो, त्यसमा हमला हुनु अत्यन्त निन्दनीय छ।

पत्रकारलाई चुप गराउने हो भने भष्टाचार मौलाउने खतरा बढ्छ।” पत्रकार मण्डलले घटनापछि प्रहरीमा लिखित उजुरी दिने तयारी गरिरहेका छन्। स्थानीय सञ्चारकर्मी संघ, मानवअधिकारकर्मी तथा नागरिक समाजले घटनाको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको