LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

आज, २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा, पुर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरुको नेतृत्वको अराजक झुण्डहरुले देखाएको उदण्डता, अराजकता र हिंसाको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ ।

देश शान्ति र समृद्धीको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी अपराधिक तवरले गरिएको सार्वजनिक सम्पति, सवारी साधन, सञ्चार गृह तोडफोट एवं सुपर मार्केटमा लुटपाट मच्चाएर समाजलाई आतंक सिर्जना गरेको छ।

नेपाली जनताले बलिदानपूर्ण संघर्षबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनैपनि गतिविधिलाई लोकतन्त्रका हिमायति युवा शक्तिले कदापि स्वीकार गर्न सक्दैनन् । हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा संगठनहरु स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौं कि ‘संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।’

हामी नेपाल सरकालाई आग्रह गर्छौं कि संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनैपनि समूह वा व्यक्तिलाई यथाशिघ्र कानूनी दायरामा ल्याइयोस् ।

साथै सम्पूर्ण आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै सम्बृद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागी व्यवस्था विरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन आह्वान गर्दछौं । संघीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्ने छैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त रूपमा संस्थागत गर्न हामी निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्छौँ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ यस्ता अपराधजन्य गतिविधि कायम रहेमा हामी कडा प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको