
औरही, मधेश प्रदेश – मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले एकै दिन दुई महत्वपूर्ण विकास परियोजनाको शिलान्यास गरेका छन्।
मन्त्री यादवले औरही नगरपालिकाको वडा नं. ५ महावीर जी मन्दिर र धर्मशालाको निर्माण कार्यको शिलान्यास गरेका छन्। यस मन्दिर तथा धर्मशालाको निर्माणले धार्मिक पर्यटकलाई सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।
त्यसैगरी, औरही नगरपालिका वडा नं. ५ श्रीपुरमा राम एकलको खेतदेखि दक्षिण जाने बाटो ढलानको पनि शिलान्यास गरिएको छ। सो बाटो निर्माणपछि स्थानीय बासिन्दा तथा यातायातका साधनलाई सहज आवागमनको सुविधा पुग्नेछ।
शिलान्यास समारोहमा मन्त्री सरोज कुमार यादवका साथै युवा नेतृ निलम अधिकारी, रामगोपालपुर नगरपालिकाका मेयर रमदुलार साह, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाले सरकारको यो पहललाई स्वागत गर्दै समयमा गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।