LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

महोत्तरी – सम्सी गाउँपालिका १ अन्तर्गत पर्सा बजार हाइवेदेखि पिपरिया टोल हुँदै खखनासम्मको सडक पक्की ढलान निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

आज भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका प्रमुख स्वकीय सचिव रञ्जित कुमार सिंहले इन्जिनियरहरूको टोली र ठेकेदारको टोलीसहित निर्माणस्थलको स्थलगत निरीक्षण गरेका छन्। सडक निर्माणको लागि आवश्यक सबै प्रक्रियाहरू पूरा गरी ठेक्का सम्झौता भइसकेको छ। अब निर्माण कार्यले तीव्रता पाउनेछ। यो सडक निर्माण सम्पन्न भएपछि स्थानीय जनतालाई आवतजावतमा सहजता हुनुका साथै यस क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। मन्त्री यादवका स्वकीय सचिव सिंहले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

उनले भने, “यो सडक यस क्षेत्रका जनताको लागि महत्वपूर्ण छ, त्यसैले यसको निर्माण कार्यलाई प्राथमिकतामा राखेर सम्पन्न गर्नुपर्छ।” स्थानीय बासिन्दा पनि सडक निर्माण कार्य सुरु भएकोमा उत्साहित देखिएका छन्। उनीहरूले समयमै काम सम्पन्न हुनेमा आशा व्यक्त गरेका छन्।

(Advertisement)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको