LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

पर्सा।  सखुवा प्रसौनी गाउँपालिकाको १४औं गाउँसभा आर्थिक वर्ष २०८१/८२ को उद्घाटन गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाह, उपाध्यक्ष शर्मिला बिष्ट महतो, छ वटै वडाका अध्यक्षहरू, वडा सदस्यहरू, महिला प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँसभाको उद्घाटन गर्दै अध्यक्ष यादवले स्थानीय विकासलाई तीव्रता दिन चालु आर्थिक वर्षका लागि तय गरिएका योजनाहरू प्रस्तुत गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी प्रवर्द्धन, महिला सशक्तीकरण, वातावरणीय संरक्षण तथा सूचना प्रविधिको प्रवर्द्धनलाई प्राथमिकता दिइने बताए। साथै, समृद्ध र आत्मनिर्भर गाउँपालिका निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा उनले विशेष जोड दिए।

सभामा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम, बजेट, विकास निर्माण योजना, सामाजिक सुरक्षा कार्यक्रम, कृषि अनुदान लगायतका महत्वपूर्ण निर्णयहरू पारित गरियो। विभिन्न वडाबाट उठाइएका जनचासोका विषयमा गहन छलफल गर्दै स्थानीय आवश्यकता अनुरूप नीति निर्माण गरिने निर्णय गरिएको छ।

गाउँपालिकाको उपाध्यक्ष शर्मिला बिष्ट महतोले विशेषगरी महिला सशक्तीकरण, स्वास्थ्य र बालविकासका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन नयाँ योजनाहरू ल्याउनुपर्ने आवश्यकता औंल्याइन्। वडा अध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूले आ–आफ्ना वडाका समस्याहरू राख्दै ती समस्याको समाधानका उपायहरू प्रस्तुत गरे।

गाउँसभामा स्थानीय पूर्वाधार विकासका योजनाहरू, कृषक अनुदान, युवा स्वरोजगार कार्यक्रम, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार तथा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगका विषयमा व्यापक छलफल भएको थियो। स्थानीय बासिन्दाहरूले विकास निर्माणका कार्यहरूमा अझ पारदर्शिता र प्रभावकारिता आवश्यक रहेको सुझाव दिँदै गाउँपालिकासँग आफ्ना मागहरू राखे।

गाउँसभा सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूले स्थानीय विकासका लागि यस्ता सभा अपरिहार्य हुने बताउँदै सकारात्मक प्रतिक्रिया जनाए। अध्यक्ष यादवले गाउँपालिकाको समृद्धिका लागि सबै पक्षहरूको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको