LIVE 
पाँच मन्त्री भएको पर्सामा दुधेश्वरनाथ मन्दिर अझै बेवास्ता: समितिको गुनासो | कर्मचारीको कमिसन मोह: खरिद ऐन विपरीत तालिम कार्यक्रममा १ करोड खर्च, महालेखाले देखायो अनियमितता | जगरनाथपुरमा ७२ लाखको इन्धनमा भ्रष्टाचार, अध्यक्ष यादवले कमिसनमा सकाए ४० लाख रुपैयाँ | वीरगञ्जमा पानीको हाहाकार, मन्त्री प्रदीप यादवको घोषणामाथि प्रश्न | जगरनाथपुरमा ७२ लाखको इन्धनमा भ्रष्टाचार, अध्यक्ष यादवले कमिसनमा सकाए ४० लाख रुपैयाँ | झोले संस्थाका माफिया अमोद केवट अख्तियारको निगरानीमा, पोखरिया र बहुदरमाईमा करोडौं रुपैयाँ भ्रष्टाचार गरी कमाए अकुत सम्पती | सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा संकट: ४२९ विद्यार्थीमध्ये केवल ५७ जना मात्र SEE पास | सखुवा प्रसौनीको गढीमाई मन्दिर नजिकै खेतमा अज्ञात पुरुषको शव फेला | खेलमा वडा नं ३ का खेलाडीहरूले भाग नलिएपछि दु:ख व्यक्त गरिन् सुष्मा कुशवाहा। | बहुदरमाईमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न |

पर्सा ।। नेकपा एमालेको पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहले सुर्जाहा क्षेत्रको विकासलाई प्राथमिकता दिँदै कल्भर्टको शिलान्यास गरेका छन्। उनी अखिल नेपाल पिछडावर्ग ओबीसी महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्जसमेत रहेका छन्।

सुर्जाहामा रहेको सो कल्भर्ट लामो समयदेखि अलपत्र अवस्थामा थियो। यसलाई निर्माणका लागि पटक–पटक प्रयास गरिए पनि आवश्यक आर्थिक सहयोग अभावका कारण काम अघि बढ्न सकेको थिएन। स्थानीय समाजसेवी रामसेवक पाण्डेले पालिकाका जनप्रतिनिधिहरूलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको गुनासो गर्दै कल्भर्ट निर्माणको जिम्मा स्थानीय युवाहरूले लिएको जानकारी दिए।

यसै क्रममा, नेकपा एमालेका युवा नेता अकलेश कुमार साहले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा नै आर्थिक संकलन गरेर निर्माण कार्य अघि बढाएको बताएका छन्। दुई लाख रुपैयाँ लागतमा बन्ने उक्त कल्भर्ट नेकपा एमालेका वडा कमिटी अध्यक्ष पाण्डे तथा वडा स्तरका नेता तथा कार्यकर्ताहरूको निजी लगानीमा निर्माण हुन लागेको हो।

युवा नेता साह पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनी २०८४ सालको स्थानीय तह निर्वाचनमा पकहाँमैनपुर गाउँपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। नेकपा एमाले जनताको पार्टी भएको र जनताको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजसेवाका कार्यलाई निरन्तरता दिने बताएका छन्।

कल्भर्ट निर्माण कार्यले सुर्जाहाका स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। नेता साहको पहलमा थालिएको यो कार्यले गाउँपालिका स्तरमा विकास निर्माणको नयाँ सम्भावना जगाउने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको