
पर्सा: राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) बहुदरमाई नगरपालिकाका सभापति युवा नेता चन्दन यादवले “मिसन २०८४” को तयारी गर्दै जनताको मनोबल जित्ने अभियानलाई तीव्र बनाएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, वर्तमान नगर प्रतिनिधिहरूको कार्यप्रति असन्तुष्टि व्यक्त ग¥र्दै यादवलाई आगामी नेतृत्वका लागि योग्य विकल्पको रूपमा हेर्ने गरेका छन्।
स्थानिय जनताले यसपालि आफ्नो अमूल्य मत दिएर जिताएका प्रतिनिधिहरूले अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गर्दै आएका छन्। स्थानीय तहमा ७ महिनासम्म सुविधा नपाएको गुनासो गर्दै उनीहरूले नेतृत्व परिवर्तनको आवश्यकता महसुस गरेका छन्। जनताको यस्तै असन्तोषका कारण युवा नेता चन्दन यादव स्थानीय समस्याहरूको समाधान गर्न अहोरात्र खटिरहेका छन्।
चन्दन यादवले कुनै पदमा नभए पनि व्यक्तिगत लगानी र समय खर्च गरेर जनताको सेवामा समर्पित हुँदै आएका छन्। २४ घन्टा जनताका गुना¥सो सुन्ने र समाधानका लागि सक्दो प्रयास गर्ने यादवप्रति स्थानिय बासिन्दाहरूको झुकाव बढ्दै गएको छ।
चन्दन यादवको भनाइ अनुसार पुरानो राजनीतिक प्रणालीले नयाँ राज्यव्यवस्था निर्माण गर्न सम्भव छैन। त्यसैले, प्रविधिमैत्री, उत्तरदायी, र कुशल नेतृत्व आवश्यक छ। “अबको चुनौती समाधान गर्न सक्षम, नैतिक, र दूरदर्शी नेतृत्वको खाँचो छ,” यादव भन्छन्।
उनको विश्वास छ कि युवाहरूको सक्रिय सहभागिताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समयानुकूल नयाँ विचार र कार्यशैलीतर्फ लैजान सक्छ। यसले समग्र देशको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिनेछ।
स्थानिय समाजसेवी / युवा नेता चन्दन यादवका अनुसार, बहुदरमाई नगरपालिकामा विकासको नाममा लुट¥तन्त्र मात्रै मौलाएको छ। ९ वटा वडामा विभाजित यस नगरपालिकामा शिक्षा, स्वास्थ्य, र यातायातजस्ता आधारभूत सेवाहरूमा कुनै सुधार नदेखिएको गुनासो उनले गरेका छन्।
विद्यालयहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले भने, “विद्यालयहरूको अवस्था हेर्दा आँसु झर्ने स्थिति छ। शिक्षामा सुधारको अभाव छ, स्वास्थ्य सेवा कमजोर छ, र यातायात प्रणाली अस्तव्यस्त छ।”
युवा नेता चन्दन यादवले २०८४ सालको स्थानीय चुनावमा बहुदरमाई नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले भने, “संविधान जारी भइसकेपछि देखा परेका समस्या समाधान गर्दै संघीयतालाई सही मोडलमा लागू गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व लिनुपर्छ।”
उनका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रजातान्त्रिक आन्दोलनहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। अबको नेतृत्वले पार्टीलाई नयाँ सोच, शैली, र व्यवहारिक कार्यशैलीमा लैजानुपर्नेमा उनले जोड दिएका छन्। “युवाहरूको सक्रियताले पार्टीमा नवीन सोच र एजेन्डाको स्थापना गर्नेछ,” यादवले भने।
स्थानीय तहमा असफल भएको नेतृत्वलाई विस्थापन गर्दै नवीन सोच, नयाँ जोश, र इमानदार नेतृत्व स्थापित गर्ने सोचसहित युवा नेता चन्दन यादव मिसन २०८४ का लागि अघि बढिरहेका छन्। जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राख्दै काम गर्ने उनको दृढ संकल्पले बहुदरमाई नगरपालिकामा नयाँ युगको सुरु¥वात गर्ने विश्वास स्थानीय जनताले गरेका छन्। अबको स्थानीय सरकार युवाको नेतृत्वमा हुने विश्वास जनाउँदै यादवले आगामी दिनहरूमा जनताको सेवामा अझ बढी समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।