LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

पर्सा – नेकपा एमाले निकट जनसङठन अखिल नेपाल पिछडा वर्ग ओबीसी महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशका इन्चार्ज अकलेश कुमार साहले देशमा नयाँ संविधान जारी भएपछिको अवसर र चुनौतीलाई सामना गर्न सक्षम नेतृत्व आवश्यक भएको बताएका छन्।

उनले भने, “राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र शान्तिका साथै थपिँदै गरेका चुनौतीहरूको सामना गर्दै नेकपा एमालेको सिद्धान्तलाई समयानुकूल परिमार्जन गर्न सक्ने नेतृत्वको खाँचो छ। अबको नेतृत्वले संविधानको सशक्त कार्यान्वयन गर्दै देशलाई संघीयताको सही मोडलमा लैजानुपर्छ।”

स्थानीय विकासमा असन्तोष
साहले पकाहामैनपुर गाउँपालिकामा विकासको नाममा लुटतन्त्र मात्र देखिएको आरोप लगाउँदै विकासका कुनै ठोस परिणाम नदेखिएको बताए। ५ वडामा विभाजित यस गाउँपालिकामा शिक्षा, स्वास्थ्य, र यातायात क्षेत्रमा कुनै उल्लेख्य सुधार नभएको उनको भनाइ छ। “विद्यालयको अवस्था हेर्दा आँसु झर्ने स्थिति छ,” उनले भने।

समुदायमा सक्रियता
२०७० सालदेखि आँखा शिविर, रक्तदान, कम्बल वितरण, राहत कार्यक्रम, स्वास्थ्य शिविर, महिला स्वास्थ्य सामग्री वितरण, तथा विपन्न परिवारका छोरीहरूको विवाहमा खाद्यान्न सहयोग जस्ता सामाजिक कार्यमार्फत आफूले समुदायमा योगदान दिँदै आएको साहले बताए।

आगामी चुनावमा उम्मेदवारी
साहले २०८४ को स्थानीय चुनावमा पकाहामैनपुर गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दिने घोषणा गर्दै भने, “संविधान जारी भएपछि थपिएका समस्याहरूको समाधान गर्दै सबैको सहभागितामा देशलाई संघीयताको सही मोडलमा लैजान एमालेले नेतृत्व दिनुपर्छ।”

उनका अनुसार, नेकपा एमालेले देशको प्रजातान्त्रिक आन्दोलनहरूको अगुवाइ गर्दै आएको छ। आगामी नेतृत्वले पार्टीलाई नयाँ विचार र शैलीमा ढाल्नुपर्नेमा उनले जोड दिए। “युवाहरूको सक्रियताले पार्टीमा नयाँ सोच र एजेण्डाको स्थापना गर्नेछ,” उनले भने।

युवा नेतृत्वको आवश्यकता
साहले पुरानो राजनीतिक पद्धतिबाट नयाँ राज्य व्यवस्था निर्माण गर्न नसकिने भन्दै पार्टीलाई प्रविधिमैत्री, उत्तरदायी, र कुशल नेतृत्व प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। “अबका चुनौतीलाई समाधान गर्न सक्षम, नैतिक, र दूरदर्शी नेतृत्वको खाँचो छ,” साहले भने।

साहको विश्वास छ कि युवाहरूको नेतृत्व र सक्रियताले एमालेलाई समयानुकूल नयाँ विचार र कार्यशैलीमा ढाल्न सक्नेछ, जसले देशमा समग्र विकास र रोजगारीको अवसर सिर्जना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको