LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

पर्सा ।। १९ पुस । इलाका प्रहरी कार्यालय (इ.प्र.का.) पटेर्वा सुगौली, पर्सामा शुक्रबार प्रहरी निरीक्षकहरूको बिदाई तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस विशेष समारोहमा प्रहरी निरीक्षक मोहन जङ्ग बुढाथापालाई काठमाडौ प्रहरी प्रधान कार्यालयमा सरुवा भएको अवसरमा सम्मानपूर्वक बिदाई गरियो।

उहाँले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, सुव्यवस्था र समुदायसँगको सहकार्यमा उल्लेखनीय योगदान पुर्‍याउनुभएकोमा विशेष प्रशंसा गरिएको छ।

उहाँको स्थानमा इलाका प्रहरी कार्यालय घोराही, दाङबाट सरुवा भई आउनुभएका प्रहरी निरीक्षक प्रकाश थापालाई स्वागत गरिएको छ। स्वागत कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, शिक्षक वर्ग, पत्रकारहरू, र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय पत्रकार एवम् नेपाल पत्रकार महासंघ पर्साको सदस्य प्रमोद यादवलाई समेत शान्ति सुरक्षा र सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रसन्सा पत्र र खादा ओढाई प्रहरी निरीक्षकलेसम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरी र स्थानीय समुदायबीचको बलियो सहकार्य र सौहार्द झल्कन गरेको हो। फुलमाला, मायाको चिनो, सम्मानपत्र र शुभकामना आदान-प्रदान गरिएको यस समारोहले सुरक्षाकर्मी र समुदायबीच विश्वास र सहकार्यलाई थप मजबुत बनाएको विश्वास लिएको हो ।

समारोह भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यस कार्यक्रमले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउनुका साथै समुदायसँगको सम्बन्धलाई अझ सुदृढ गर्न कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको