LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | मोटरसाइकल ठक्करपछि मृत्यु,उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै थुनियो | पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी |

नवल यादव । पर्सा ।। निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्य प्रत्याशी तथा नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलिको प्रमुख आतिथ्यमा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १, सिद्धपुर फुटबल मैदानमा आयोजित चौथो गोल्ड कप सिद्धपुरको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना श्री बनश्कती युवा क्लबले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरेको थियो।

आज सम्पन्न फाइनल खेलमा आयोजक टिम सिद्धपुरले बकुलिया बारालाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ। खेलको पहिलो हाफको १५ औं मिनेटमा सिद्धपुरले पहिलो गोल गरेको थियो भने दोस्रो हाफको २० औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो।

कार्यक्रममा विजेता आयोजक टिमलाई सिल्ड, मेडल, प्रमाणपत्रसहित नगद रु. १०,००० प्रदान गरिएको थियो। उपविजेता बकुलिया बारालाई सिल्ड, मेडल, प्रमाणपत्रसहित नगद रु. ५,५०० प्रदान गरिएको आयोजक टिमका पुष्पराज शिल्वालले जानकारी गराएका छन्।

खेलकुदमा अनुशासन र जीवनशैली सुधारका लागि महत्त्वपूर्ण योगदान

कार्यक्रमका प्रमुख अतिथि शिवकुमार साहले खेलकुदले मनोरञ्जन दिनुको साथै अनुशासनमा राख्न र जीवनशैली सुधार गर्न महत्त्वपूर्ण योगदान गर्ने बताए। उनले युवाहरुलाई खेलकुदप्रति आकर्षित गराउनुपर्नेमा जोड दिँदै खेलले नकारात्मक सोच हटाउने, कुलतबाट बचाउने र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने धारणा राखे। साहले खेलकुदलाई प्राथमिकता दिन स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्दै वर्तमान मधेस प्रदेश सरकारका खेलकुद मन्त्रीप्रति असन्तोष व्यक्त गरे।

विशिष्ट व्यक्तिहरूको उपस्थिति

कार्यक्रममा पूर्व गाविस अध्यक्ष लालदेव महतो उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि साहसँगै इप्रका एकटङ्गा प्रमुख साई योगानन्द साह, सशस्त्र प्रहरी बल बागेश्वरी तित्रवना प्रमुख चयमनारायण महतो, पूर्व वडा सदस्यहरू रामा खा थारु, पारस महतो, शिवनाथ थारु लगायत स्थानीय नेताहरू शिवनाथ थारु, ज्ञानेन्द्र दास, प्रभु उराँव, हरिन्द्र चौधरी, चानकेश्वर महतो, पत्रकार नरेश यादव, माओवादी केन्द्रका प्रदीप चौधरी, हटन चौधरी, बिगा महतो, सिकेन्द्र सहनी, बमबहादुर पण्डित लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य आदिवासी जनजाति समाजका नेता बिरेन्द्र उराँवले गरेका थिए भने सहजीकरण नरेश प्रसाद उराँवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको