
नवल यादव ।। पर्सा ।। धोबीनी गाउँपालिका वडा नं. ५ मा वडा अध्यक्ष मनाऊर अहमदको पहलमा किरण आँखा अस्पतालको टोलीद्वारा निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ।
शिविरमा २४८ जना आँखा रोगीहरूको जाँच गरिएको थियो। जसमध्ये ८० जना बिरामीमा मोतियाबिंदको समस्या पाइएको छ। शिविरले स्थानीय बासिन्दाहरूलाई ठूलो सहयोग गरेको छ, विशेष गरी ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सुविधामा सहज पहुँच पुर्याएको छ।
शिविर सफल बनाउन किरण अँखा अस्पताल का फिल्ड मैनेजर चनदन सहनी र समाजसेवी शम्भू पटेल, सुरेन्द्र पटेल, विद्यार्थी पटेल, र स्वास्थ्यकर्मी ओमप्रकाश साहले उल्लेखनीय योगदान पुर्याएका थिए।
शिविरको आयोजना र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको छ। यो प्रयासले धेरैलाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।