LIVE 
वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास | भौतिक पुर्वाधार मन्त्रीका स्वकिय सचीव: रन्जित सिंहले दुई करोडको लागतमा सडक निर्माण कार्य शुरु गराए | पटेर्वा सुगौली गाउँपालिका सोनवर्षामा निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न - Pradesh TV |

पर्सा ।। पर्सा जिल्लाको बहुवर्वाभट्टा स्थित ट्राफिक चेक पोस्टमा आज बिहान एउटा घटनाले सबैको ध्यान तानेको छ। ट्राफिक प्रहरीले बालुवा बोकेको प्रदेश २-०-०३-००१ त ५५०२ नम्बरको ट्याक्टरबाट पैसा लिइरहेको समयमा गढीमाई मेला जाने क्रममा अर्को भारतीय ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनामा भारतीय नम्बर प्लेटको ट्याक्टरमा ठूलो क्षति पुगेको छ। दुर्घटनाको प्रमुख कारण ट्राफिक चेक पोस्टमा भइरहेको आर्थिक लेनदेनलाई ठहर गरिएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्राफिक प्रहरीले बालुवा बोकेको ट्याक्टरलाई चेक गर्ने क्रममा लेनदेनमा व्यस्त हुँदा सडकमाथि ध्यान नपुगेको हो।

दुर्घटनापछि घटनास्थलमा स्थानीयहरू भेला भई ट्राफिक पोस्टको कामकारवाहीमाथि आक्रोश व्यक्त गरेका छन्। उनीहरूले ट्राफिक प्रहरीलाई जिम्मेवार ठहर गर्दै घुस प्रथाको अन्त्यको माग गरेका छन्।

यस विषयमा पर्सा ट्राफिक प्रहरी कार्यालयले छानबिनको प्रक्रिया सुरु गरेको जनाएको छ। घटनाले आगामी गढीमाई मेला व्यवस्थापनमा सुरक्षा चुनौती थपिने आशंका गरिएको छ।

स्थानीयहरूले ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारीका बिटमा नबसी नजिकैको गुन्टीमा बसेर प्रत्येक ट्र्याक्टर, सवारी साधन तथा मालवाहक गाडीबाट १००/२०० रुपैयाँ असुल गरेको आरोप लगाएका छन्। उनीहरूले प्रहरी कर्मचारीहरूले कुरा गर्दा अशोभनीय भाषा प्रयोग गर्ने गरेको गुनासो पनि गरेका छन्।

यो विषयमा गहिरो अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयहरू अस्थायी ट्राफिक पोस्टप्रति आक्रोशित भएका छन्। स्थानीयहरूको गुनासोका आधारमा उचित समाधान र सुधारात्मक कदम उठाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको