LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

बारा : विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते बाराको बरियारपुरमा सुरु भएको छ ।पन्चबर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले काम गरिरहेको छ ।गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले सन्चार्कर्मीहरु संगको कुराकानिमा बताउनु भयो ।
नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन ,खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसारनै त्यस्ता साधनहरु र पसलहरुलाई ब्यवस्थापन गरिने बताउनु भयो ।अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ।दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने गरि समिती र उपसमिति काम गरिरहेको मेला मुल समितिले जनाएको छ।

विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन परियोजको लागि पसल राखेको छ त्यस बाहेक अन्य समाग्री बिक्री बितरण गर्न नपाउने गरि अनुगमन उपसमिती काम गरिरहेको अनुगम उपसमितिका संयोजक दिप प्रकाश गुप्ताले सन्चारकर्मीहरु संगको कुराकानीमा बताउनु भयो ।पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति कार्वाही गर्न त्यार रहेको समेत उहाँले बताउनु भयो ।

विश्व प्रसिद्ध पन्चबर्षिय गढीमाई मेलामा स्वाथ्य क्षेत्रलाई मध्य नजर गर्दै नेपाल मिडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालल नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बताउनु भयो।२४ औं घन्टा चिकित्सक ,नर्श लगाएतको टोलिले शिविरमा सेवा प्रदान गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको