LIVE 
अस्थायी ट्राफिक चेक पोस्टमा घुस काण्ड: दुर्घटनामा एक ट्याक्टर क्षतिग्रस्त - Pradesh TV | कालिकामाई युवा समाजको पहलमा TC,CC को शुल्क विद्यार्थी बाट नलिने पालिका प्रमुखको निर्देशन! | छिपहरमाई गापा-२ नावगाँवा माबिका सेवा निवृत्त प्रअ मियाँको बिदाई। | विदेशमा पीडामा वीरगंजका युवा: "मलाई बोलाउनु, नत्र म मर्छु" | गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको छ : नगरप्रमुख उपेन्द्र यादव | पर्सा,बाराको ग्रामिण भेगमा धान कटाई तिव्र साथै फौजी किराको चुनौतीले किसान चिन्तित | एसईईमा जिल्लामै उत्कृष्ट हुने रिया साहलाई विद्यालयद्वारा विशेष सम्मान | बिरगंजको नेसनल मेडिकल कलेज पार्किङको नाममा दैनिक लाखौं ठगी गर्दै | भारु १०० लाई नेपाली १६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक | छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा बिसाल कुस्ती दंगल प्रतियोगिता सम्पन्न । |

नवल प्रसाद यादव , पर्सा : पर्साको ग्रामीण क्षेत्रमा रहेका किसानहरू अहिले वार्षिक बाली धान भित्र्याउन निकै व्यस्त छन्। धान बाली पूर्ण रूपमा पाकिसकेकाले किसानहरूले धान कटानी र थ्रेसिङको कामलाई तीव्रता दिएका छन्।

सो क्षेत्रका किसानहरूले मुख्य रूपमा सोना मंसुली र मोटरी मंसुली धान कटानी गरिरहेका छन्। जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी र पर्सागढीका केही किसानहरूले सोना सारो, भदैया मंसुली, कतरनी, तथा उन्नत जात (हाइब्रिड)का धान भित्र्याइसकेका छन्। तर, अन्य परम्परागत जातका धानहरूको कटानी भने भर्खरै सुरु भएको छ।

आधुनिक मेसिनले सजिलो, तर चुनौती पनि
सखुवा प्रसौनी गाउँपालिका–2 का किसान सुनिल यादवका अनुसार आधुनिक कृषि मेसिनरीको प्रयोगले धान कटानी र थ्रेसिङमा सहजता ल्याएको छ। हार्भेस्टर, रिपर, र थ्रेसर जस्ता उपकरणहरूले काम छिटो र सजिलो बनाएका छन्। तर, यिनको प्रयोगले केही समस्याहरू पनि निम्त्याएको छ।

हार्भेस्टरको प्रयोगले धान कटानी गर्दा पराल खेतमै छरिने भएकाले पशुचौपायाका लागि आवश्यक पराल जम्मा गर्न कठिनाइ भएको छ। जिराभवानी गाउँपालिका–२ शान्तिनगरकी किसान दधिमाया पौडेलका अनुसार गाईवस्तुका लागि मुख्य आहार पराल हो। हार्भेस्टरबाट कटानी गर्दा पराल संकलन गर्न नसकिने र यसले पशुपालनमा समस्या निम्त्याएको छ। सखुवा प्रसौनीका अर्का किसान पृथ्वीनारायण साहले परम्परागत विधिबाट धान कटानी गर्दा परालको राम्रो व्यवस्थापन हुने बताए। तर, हार्भेस्टरले कटानी गरेको धान घर भित्र्याउनुअघि भिजेको अवस्थामा घाममा ५-६ दिनसम्म सुकाउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे। यसले गर्दा किसानहरूलाई थप झन्झट भएको छ।

मौसमको चुनौती
यस वर्षको मौसमले पनि किसानलाई साथ नदिएको छ। राम्रो घाम नलागेका कारण धान सुकाउन समस्या भइरहेको छ। साहका अनुसार बिहान धान सुकाउन फिजाउने, साँझ जम्मा गरी पालले छोप्ने जस्ता झन्झट गर्नुपरेको छ। यसले किसानहरूको श्रम दोब्बर भएको छ।

समाधानको आवश्यकता
आधुनिक मेसिनरीले समय र श्रमको बचत गरे पनि पराल व्यवस्थापन र मौसमका कारण किसानले धेरै चुनौती झेल्नु परेको छ। पराल संकलनको समस्यालाई समाधान गर्न, कृषि विभागले किसानलाई आवश्यक मेसिनरी र प्राविधिक सहयोग दिनुपर्ने माग किसानहरूले गरेका छन्। धान कटानी र थ्रेसिङको यस व्यस्त समयमा, कृषि क्षेत्रमा देखिएका यस्ता चुनौती समाधान गर्न सरकारी निकाय र सरोकारवालाहरूले चाँडो कदम चाल्नुपर्ने किसानहरूको धारणा छ।

 फौजी किरा को चुनौति

धान भित्र्याउने समयमा फौजी किराको आक्रमणले पाकिसकेको धानमा व्यापक क्षति पुगेपछि पर्साका किसानहरू चिन्तित भएका छन्। धानबाली काटेर भित्र्याउन तयार भएको, र काटेर सुकाउन राखिएको धानमा समेत फौजी किराको प्रकोपले नोक्सानी पुर्‍याएको किसानहरूले बताएका छन्। खेतमा पाकिसकेको धान र पाँजामा राखिएको धानको बालामा किराले क्षति पु¥याएपछि किसानले भोगिरहेको समस्याले थप चुनौती सिर्जना गरेको हो।

पर्सा, बारा जिल्लाको ग्रामीण भेगका किसान यस वर्ष धानबालीमा देखिएको किराको प्रकोपले चिन्तित भएका छन्। विशेषगरी पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड नं २ का किसान सुनिल यादव र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० का किसान अयांश ठाकुरका अनुसार, यस पटकको धानबाली गत वर्षको तुलनामा राम्रो देखिए पनि किराको प्रकोपका कारण ठूलो क्षति भएको छ। किसानहरूले मुख्यतः सोना मन्सुली र बासमती धान खेती गरेका छन्। तर, धानमा किराले आक्रमण गर्दा बाली खेतमै झर्ने, टुक्रा-टुक्रा हुने र काटेर भण्डारण गरेपछि पनि नष्ट हुने अवस्था देखिएको छ। “धान काटेर घर भित्र्याउने समय आए पनि किराले बाली कोत्रिरहेकाले हामी अत्यन्तै अप्ठ्यारोमा परेका छौँ,” किसान यादव र ठाकुरले बताए।

किसानहरूको गुनासोपछि कृषि ज्ञान केन्द्र पर्साको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। केन्द्रका प्रमुख कमलदेव कुश्वाहले किराको प्रकोप पुष्टि गर्दै विषादी प्रयोगले खासै प्रभावकारी समाधान दिन नसक्ने बताएका छन्। धान काट्नका लागि हार्भेस्टर, रिपर, र थ्रेसरजस्ता आधुनिक उपकरणहरूको प्रयोगले कटानी सहज भए पनि किराको कारण छिटो धान भित्र्याउनुपर्ने र लामो समयसम्म भण्डारण गर्न नसकिने बाध्यता देखिएको छ। किसानहरूका अनुसार, पूर्ण रूपमा पाक्न नपाउँदै धान काट्नुपर्दा उत्पादनमा कमी आउने मात्र होइन, भण्डारणको समस्या र गुणस्तरमा समेत असर पर्छ। यस वर्षको हावाहुरीपछि किराको प्रकोपले थप नोक्सानी गराउने देखिएको छ।

फौजी किराको नियन्त्रणका लागि चाँडो धान काटेर पाँजा नराखी सिधै दाई गर्न सुझाव दिइएको छ। साथै, किसानहरूले आधुनिक प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न खोजे पनि दोहोरो नोक्सानीको सामना गर्नुपरेको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको