LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

वीरगन्ज । एसईई २०८० मा ३.९७ जिपिए ल्याएर पर्सा जिल्लामै उत्कृष्ट भएकी विद्यार्थी रिया साहलाई गौतम माध्यामिक विद्यालयले सम्मान गरेको छ । विद्यार्थी रिया साहले गौतम माध्यमिक विद्यालयबाट २०८० को एसईई परीक्षा दिएकी थिईन् ।

एसईई नतिजामा उनको कम्प्युटरमा कम नम्बर आएको थियो । आफूलाई नतिजामा चित्त नबुझेपछि पुर्नयोगको लागि आवेदन दिएकी थिईन् । पुर्नयोगबाट साहले ३.९७ जीपीए प्राप्त गरेकी थिईन् ।

उनले प्राप्त गरेको ३.९७ जीपीए पर्सा जिल्लाकै सबैभन्दा धेरै नम्बर ल्याएपछि विद्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा विद्यार्थी साहलाई विद्यालयको तर्फबाट नगद २५ हजार सहित सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले नगद र खादा सहित सम्मान गरेका थिए । उनँलाई विद्यालयमै शुक्रबार कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।

यस्तै कार्यक्रममा सम्मानित विद्यार्थी साहका अभिभावकलाई पनि बर्ष २०८० को उत्कष्ट अभिभावकको रुपमा सम्मान गरिएको छ । विद्यालयकी सहायक प्रधानाध्यापिका परीक्षा पिया लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलनेक चौरसिया, उपाध्यक्ष शिव गुप्ता, हिसानका केन्द्रीय सदस्य मनिष सिंह,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, फोनिजका मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, यात्राडेली डटकमका अध्यक्ष राम सर्राफ, न्युज २४ की मुस्कान श्रेष्ठ र जाकिर हुसैन लगायत विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको