LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

मधेस प्रदेश / तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १०० भारुको लागि १६६ रुपैयाँ नेपाली तिर्दै आएका छन् ।

नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिसनर) तिर्नुपरेको महोत्तरी , पर्सा र बाराका नेपाली ग्राहकहरुले बताए ।

पर्सा , बारा महोत्तरी सँग सीमा जोडिएको भारतीय बजार रक्सौल ,भेलाही , सिकटा, भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न जाँदा भारतीय व्यापारीले मनपरी ढंगले नेपाली पैसामा बट्टा (कमिसन) लिएर मालवस्तु दिने गरेको पर्साका ग्राहकहरुले बताए। उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु १०० को बदलामा नेपाली १६६ र बढीमा १६८ सम्म बट्टा लिने गरेको बताए।

रक्सौल , भेलाही , सिकटा किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली १ हजारको सरदर भारु ६०० मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौं भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताइन्।

त्यस्तै सखुवा प्रसौनी गाउँपालिका–२ बाट सुरसण्ड बजारमा सामान किन्न गएका सुनिल यादवले पनि नेपाली १ हजारको सरदर भारु ६०० मा कारोबार गरेको बताए । बहुदरमाई  नगरपालिका  बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न रक्सौल बजार पुगेका स्थानीय सन्तोश यादव र उपेन्द्र यादवले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु १०० को लागि नेपाली १६६ रुपैयाँ तिर्नुपरेको गुनासो गरे ।

महोत्तरी , पर्सा र बाराको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौं युवाले नेपालीसँग १०० भारुको नेपाली १६६ रुपैयाँ लिने गरेका छन् ।

बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले ६ रुपैयाँ सम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको एक ठूला व्यापारीले बताए।

यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको