
नवल यादव । पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड नं २ औराहाँ पंचगावाको खेल मैदानमा , सखुवा प्रसौनी गाउँपालीका को सहयोगले र सखुवा प्रसौनी युवा समाज को आयोजनामा तेस्रोपटक सखुवा प्रसौनी T-20 क्रीकेट टुर्नामेन्ट -२०८१ समपन्न भएको छ ।
आज शनिबार को फाइनल खेल बिन्दवासिनी V/S पोखरिया हुदा , टस जितेर बिन्दवसिनी बैटिङ रोजेको थियो 14.4ओभर खेलेर 10 विकेट को छतिमा 83 रन बनाएको थियो पोखरिया 84 रनको लक्ष्य पछ्याउने क्रम मा 12.3 ओभरमा10 विकेट को छतिमा 52 रन मात्र बनायो जसमा 31 रनले बिन्दवासिनि विजय हासिल गर्यो
जसमा बिन्दवासिनि का राजाबाबु 3.3 ओभरमा 4 रन दिएर 5 विकेट लिएर मैन अफ द मैच भएका हुन ।
प्रथम हासिल गरेका बिन्दवासिनी टिमलाई सिलमाला लगाई (प्रथम) विनर लाई ने.क.पा एमाले पर्साका इन्चार्ज / सांसद प्रमुख अतिथिका रुपमा रु ३०,००० ( तिस हजार ) को चेक र र प्रथम विनर कप बिन्दवासिनी टिमलाई दिनु भएको छ । र साथै अझै अगाडि सम्म बढन को लगी उत्तर प्रगति को शुभकामना दिनु भएका हुन । बाटो नाला बनाउने एउटा बिकास त्यो होइन खेलाडीहरु लाई पनि प्रतियोगिता आयोजक गरि राखिने खेलाडीको लागि सधै एक कदम अगाडी बढी हौसला बढाउने पनि बिकास हो सांसद हजराले बताउनु भयो । बिशिस्ट अतिथि यसवन्त यादवले टुर्नामेन्ट को रुपमा पोखरीयालाई रु १५,००० हजार को चेक र दोस्रोकप पोखरिया टिमलाई दिनु भएका हुन ।
मन्च मा दुई शब्द खेलाडीहरुलाई भन्दै यस पाली सखुवा प्रसौनी २ औराहाँ पंचगावा को खेल मैदान पर्सा जिल्ला को एउटा नमुना फिल्ड हुने देखिन्छ र केही दिनमा यो फिल्डलाई रु २५ लाख को बजेटमा मर्मत गराउने एउटा नमुना फिल्ड बनाउने र यो फिल्डमा फुटबल , क्रीकेट र भलिबल प्रतेक साल कुनै न कुनै मैच गराउने गाउँपालीका अध्यक्ष जसवन्त यादव ले बताउनु भयो । बिशिस्ट अतिथि को रुपमा भन्दै खेलाडीहरु को लागि सधै एक कदम आगाडी बढदै आउनु भएको छ चाहिने सामग्री गाउँपालीका बाट दिने गरिन्छ यादवले बताउनु भयो ।
बेस्ट बेटमेन को रुपमा बिकास दास , बेस्ट बलर को रुपमा रामस्नेही चौहान , बेस्ट फील्डरको रुपमा सैफ अली मंसुरी , र मौन अफ द मैच सेरियज बिकास दास लगायत सम्पुर्ण टिमलाई सनो सिल दि माला लगाई आग्रीम बधाई दिएको छ । प्रमुख अतिथि ने क पा एमाले पर्स इन्चार्ज / सांसद प्रभु हजरा , बिशिस्ट अतिथि जसवन्त यादव अतिथि सखुवा प्रसौनी ३ का पुर्नवासी पटेल , जवाहीर पटेल , अनुरुध पटेल , मुखती पटेल , उमेश चौधरी , चन्दन सहनी , सुरक्षाकर्मी , संचार्कर्मी एन पी यादव र सखुवा प्रसौनी युवा समाज का अध्यक्ष अशोक पटेल सचिव सरोज पटेल लगायत को उपस्तिथिमा सखुवा प्रसौनीको तेस्रोपटक T- 20 क्रीकेट टुर्नामेन्ट २०८१ समपन्न भएको छ ।