भोला यादव / कात्तिक __०३ /
रौतहट । फतुवा विजयपुर नगरपालिकाको ८औ नगरसभा निति तथा कार्यक्रम सम्पन्न भएको छ ।
नगरसभामा चालू आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा गाउँ सभा वाट ६० करोड ७७ लाख ७९८ बराबरको वजेट पारित गरि प्रस्तुतीकरण गरिएको छ ।
नगर सभामा फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनलेको आदेशा अनुसार प्रमुख प्रसाशकिय अधिकृत प्रमोद गुप्ताले ६० करोड ७७ लाख ७९८ बराबरको अनुमानित बजेट प्रस्तुतीकरण गर्नु भएको थियो । फतुवा विजयपुर नगरपालिकाको नगर सभा फतुवा विजयपुर नगरपालिकाको प्राङ्गणमा भएको नगर सभाको उद्घाटन मधेश प्रदेश सरकारका अर्थमन्त्री नेपाली कांग्रेस जिल्ला सभापति एवम् क्षेत्र नं ३ (ख) को प्रदेश सांसद माननीय सुनिल कुमार यादव उर्फ जितेन्द्र यादवले गर्नु भएको थियो ।
नगर सभामा बोल्दै अर्थमन्त्री यादव निलम्बित पूर्व मेयर गोपाल राय यादवले कुनै किसिमको कसुर न रहेको तर सबिधान र कानुन बमोजिम वहाँ लाई कसुर ठहर गरेकाे ले हामी सबैले मानिरहेका र हाम्रो सबिधान र कानुन को कुरा मान्नु पर्छ यादवले भने मेरो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि महिलाबालबालिका, पर्यटन, भौतिक विकास निर्माण को साथै अन्य विकास को काम मा प्राथमिकता दिइएको छु वहाँ ले बताउनुभयो।
भने राजनितीक समस्याको कारण गाउँ सभा ढिलाई भएको हो यश कारण विकासको काम र जनता हरुको कामकाज समस्या भईरहेकोले नगर सभा गरिएको हो। अब बिकास लगायत जनता हरुको कामकाज छिटो छरितो हुने प्रतिवद्धता गर्नु भएको हो। फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर पालिका का प्रमुख प्रसाशकिय अधिकृत प्रमोद गुप्ताले भने नगरपालिका मा रहेको कामी कमजोरलाई सुधार गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ र साथै वहाँले ले नगरपालिका मा रहेको कमी कमजोरीहरु मा नगर हस्पिटल नगरपालिकाको प्रसाशनि कार्यालय साथै परम्परागत चलिआएको गतिविधि मा जोड दिने मन्त्री यादवको सग माग गरेका थिए ।
नगर सभामा र कार्यक्रममा अतिथिको रुपमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सांसद माननीय सुनिल कुमार यादव उर्फ जितेन्द्र यादव ज्यु , विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, नेपाली कांग्रेस विधायक प्रत्याछी मो.शेख सेराज , नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि एवम् युवा नेता ज्ञानेन्द्र प्रसाद यादव र वडा नं १ देखि ११ वडा वडा अध्यक्ष,, कर्मचारी, शिक्षक ,प्रहरी निरिक्षक, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो।