LIVE 
वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास | भौतिक पुर्वाधार मन्त्रीका स्वकिय सचीव: रन्जित सिंहले दुई करोडको लागतमा सडक निर्माण कार्य शुरु गराए | पटेर्वा सुगौली गाउँपालिका सोनवर्षामा निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न - Pradesh TV |

वीरगंज, २९ भदौ । वीरगंजको भाटभटेनी भित्र सञ्चालित क्रन्ची चिकेन रेष्टुरेन्टले सडेको मासुको ‘‘क्रन्ची चिकेन’’ बनाएर बिक्री गर्दै आएको पाइएको छ । भाटभटेनीमा रहेको क्रन्ची चिकेन रेष्टुरेन्टमा खाजा खान गएका ग्राहकले ‘‘क्रन्ची चिकेन’’ मा सडेको मासु पाएका हुन् ।
कानुनत: कुनै पनि खाद्य व्यवसायीले जनस्वास्थ्यमा हानी नपुर्याउने गरी स्वच्छ, सुरक्षित र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । तर वीरगंजको भाटभटेनीभित्र सञ्चालित क्रन्ची चिकेन रेष्टुरेन्टरले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्दै सडेको मासुबाट पकाएको कन्ची चिकेन बिक्री गर्दै आएको ग्राहकले गुनासो गरेका छन् ।
शुक्रबार दिउँसो करिब १२ बजेको समयमा भाटभटेनी भित्र रहेको क्रन्ची चिकेनमा प्रति प्याकेट रु एक हजार एक सय पर्ने बर्गर, कोक, चिकेन रोल र दुईटा क्रन्ची चिकेन भएको खाजा खाने क्रममा सडेको मासु पाइएको ग्राहक अमिर मन्सुरीले बताए । क्रन्ची चिकेनको मासु नै सडेको देखेपछि ग्राहक मन्सुरीले यसको भण्डाफोर गरेका हुन् ।


क्रन्ची चिकेन खाने क्रममा सडेको गुणस्तरहीन कुखुराको मासु पाईएपछि ग्राहक मन्सुरीले त्यहाँ कार्यरत कर्मचारीलाई गुनासो गर्दा कर्मचारीले मासु भित्रै कुखुराको ब्लड जमेर मासु सडेको जस्तो कालो देखिएको बताएको उनले बताए । तर सडेर कालो पाईएपछि क्रन्ची चिकेनका कर्मचारीले तत्कालै सडेको मासु हटाएर पैसा फिर्ता लिनु वा अर्को चिकेन खान आग्रह गरेको बताए ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका सहरहरूमा भाटभटेनीले सेवा विस्तार गर्दै मधेश प्रदेशको पहिलो स्टोर वीरगंज महानगरपालिका–१४ गण्डक स्थित पनि भाटभटेनी संचालनमा ल्याएको छ जहाँ ग्राहकको घुँईचो देखिन्छ । तर त्यहाँ सञ्चालित क्रन्ची चिकेन एण्ड बर्गर रेस्टुराँले गुणस्तरहीन अखाद्य सामान बिक्री गर्दै उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्दै आएको ग्राहक अमिर मन्सुरीले आरोप लगाएका छन् ।
तर यता, क्रन्ची चिकेन रेष्टुरेन्टका म्यानेजर देवेन्द्र रिमालले फ्रोजन चिकेनमा भएको ब्लड तेलमा पाकेपछि कालो भएर सडेको जस्तो देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको