LIVE 
ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार: पाँचजना पक्राउ | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | सखुवा प्रसौनीमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न | सखुवा प्रसौनी–२ रामभौरीमा शिव–पार्वती मन्दिर प्राण प्रतिष्ठान तथा साप्ताहिक भागवत ज्ञानको जलयात्रा | बहुदरमाई नगरपालिकामा युवा नेतृत्वको माग, युवा नेता चन्दन यादव लोकप्रिय बन्दै - Pradesh TV | एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख रुबी ठाकुरको अाग्रह। | द ह्युमन लभ च्यारिटी/फण्ड’ द्वारा निःशुल्क एसईई कक्षा सञ्चालन | प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न | |

पंचगावा । पर्साको ग्रामिण क्षेत्रमा वाटर फाउन्टेन संचालनमा आएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औरहा पञ्चगावाँमा उक्त वाटर फाउन्टेन निमार्ण गरिएको हो । वडा कार्यालय अगाडीको चोकमा गाउँपालिकाको २० लाखको बजेटबाट उक्त वाटर फाउन्टेन निमार्ण गरि संचालनमा ल्याइएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।

उनका अनुसार “औराहा पञ्चगावाँमा ठुलो बजार लाग्दछ । त्यहाँ दैनिक रुपमा पालिकाका विभिन्न गाउँबाट खाद्यन र तरकारी किन्न गाउँगाउँका वासिन्दा पुग्दा शहरकै अनुभुति गराउन वाटर फाउन्टेनको निर्माण गरिएको छ ।”

गाउँको सौन्दर्यकरण गर्ने हेतुले उक्त फाउन्टेन निमार्ण गरिएको एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटी सचिव चन्दन सहनीको भनाई छ ।

उनले भने “वाटर फउन्टेन निर्माणले औराहालाई सौरहाँ बनाउने अपेक्षाको सुरुवात भईसकेको पुष्टि गर्दछ ।”

यसैगरी वडा नम्बर ६ एकडर्वा टोलमा गढीमाई मन्दिरको सौन्दर्यकरण गरिएको छ । गाउँपालिकाबाट ७ लाखको रकम छुट्याएर उक्त मन्दिरको सौन्दर्यकरण गरिएको पालिका अध्यक्ष यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको