LIVE 
अस्थायी ट्राफिक चेक पोस्टमा घुस काण्ड: दुर्घटनामा एक ट्याक्टर क्षतिग्रस्त - Pradesh TV | कालिकामाई युवा समाजको पहलमा TC,CC को शुल्क विद्यार्थी बाट नलिने पालिका प्रमुखको निर्देशन! | छिपहरमाई गापा-२ नावगाँवा माबिका सेवा निवृत्त प्रअ मियाँको बिदाई। | विदेशमा पीडामा वीरगंजका युवा: "मलाई बोलाउनु, नत्र म मर्छु" | गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको छ : नगरप्रमुख उपेन्द्र यादव | पर्सा,बाराको ग्रामिण भेगमा धान कटाई तिव्र साथै फौजी किराको चुनौतीले किसान चिन्तित | एसईईमा जिल्लामै उत्कृष्ट हुने रिया साहलाई विद्यालयद्वारा विशेष सम्मान | बिरगंजको नेसनल मेडिकल कलेज पार्किङको नाममा दैनिक लाखौं ठगी गर्दै | भारु १०० लाई नेपाली १६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक | छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा बिसाल कुस्ती दंगल प्रतियोगिता सम्पन्न । |

पंचगावा पर्सा  : तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।
मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
मौसमविद महर्जनले, ‘यसअघि जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेका थियौं । त्यसैअनुसार भयो पनि । अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने सम्भावना छ ।’
लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।
बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।

आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर खण्ड–खण्डमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको