LIVE 
धोबिनी गापा-३ हरिहरपुरका बिरेन्द्र ठाकुर हजामको घर अगाडिबाट मोटरसाइकल चोरी | कालिकामाई गाउँपालिका- १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको अध्यक्ष- गुप्ताद्वारा उद्घाटन | बिरगंज भन्सार बाट ICP रोड हुँदै परवानीपुर जादा ट्रक दुर्घटना मा ...... | पर्साको सखुवा प्रसौनी गाउँपालीकामा नेकपा एमाले का अध्यक्ष केपी ओली द्वारा छात्रावासको भवनको शुभ उद्घाटन सम्पन्न ... | महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण |

पर्सा,२९ बैशाख :पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भिर घाइते भएका छन् । स्थानीय ३६ बर्षिय भीमबली महत्तो थारु बाघको आक्रमणबाट गम्भिर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । महतोलाई आक्रमण गर्ने बाघलाईपनि स्थानीयले कुटेर मारिदिएको खबरपनि आएको उनले बताए ।

प्रहरीका अनुसार, शनिबार अपरान्ह ५ बजेतिर महत्तो घर नजिकैको मकैबारीमा गएका बेला बाघको आक्रमणमा परेका हुन् ।मकै बारी नजिकै रहेको खोल्सामा पुगेका महत्तोलाई बाघले आक्रमण गर्दै घिसारेर लैजान थालेपछि नजिककै रहेका अरु मानिसले होहल्ला गरेपछि बाघले महत्तोेलाई छाडेको स्थानीयलाई उधृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

महत्तोलाई आक्रमण गरेको बाघलाई उनका गाँउका मानिसहरुले घेरा हालेर बञ्चरो , भाला र लठ्ठीले हानेर मारिदिएको प्रहरीले जनाको छ । स्थानीयको आक्रमणबाट मरेको बाघ अहिले घटनास्थलमै छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको