LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

बिरगंज चैत ५ :पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु भएकाे छ। बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार, मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ४.३० बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे मृत्युु भएकाे हाे।

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन्।

मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए।

एक महिनाभित्रै पर्सामा बाघकाे आक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ।यसअघि पटेर्वा सुगाैली गाँउपालिकामा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएकाे थियाे।

पर्साकाे ठाेरी,पटेर्वा सुगाैली र सखुवा प्रसाैनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे छ।आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीकाे मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टाेलीले सखुवा प्रसाैनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियाे ।पाेथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टाेली असफल भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको