LIVE 
वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज मन्त्रालय बाट सम्मानित गरिएको छ। | अलौ नाकामा तस्कारी लाई नियन्त्रण गर्दै चार महिना नबितदा चालिस लाख भन्दा बढी को तस्करीको समान पक्राउ | मोटरसाइकल दुर्घटनामा कलैयाका एक जना २४ वर्षिय युवकको मृत्यु | वीरगंज संजालको छैठौं वर्षगाँठमा सफलताको कथा | पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । | आज भदाै १० सोमबार श्री कृष्णा जन्माष्टमी पर्व मनाइदै - Pradesh TV | पर्सा को सखुवा प्रसौनी २ नं वडा कार्यलय अगाडि वाटर फाउंटेन संचालन , अझै गाउँ गाउँमा लगाउने त्यारी : अध्यक्ष यादव | बिरगंजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न। | भाटा बाबाको दर्शन गरेर फर्किने क्रममा जानकी टोला नजिकैको नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु | उपकार सेवा नेपालद्वारा बाल गृहलाई खेलकुद सामग्री वितरण |

बिरगंज २९ फाल्गुन :इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान मुबारक महिना आज मंगलबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन् ।बिहान सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।

रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्नु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको