राजन कुमार बानिया पर्सा १६ कार्तिक हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीको दलित बालबालिका तथा अभिभावकहरुलाई सहयोग गर्नुभएको छ । १२० जना दलित बालबालिकाहरु लाई कापीकलम , सिसाकलम,पोषिलो खानेकुरामा बिस्कुट,चाउचाउ वितरण गरिएको छ साथै ८० जना अभिभावकहरुलाई वितरण गरिएको छ।
दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच , विद्यालय टिकाउ , शिक्षामा निरन्तरता , गुणस्तरीय शिक्षा , सिकाईमा सुधार , अभिभावकको चासोको ख्याल र उदेश्यको साथको कार्यक्रम गरिएको छ । कापीकलम , चाउचाउ प्राप्त गरि बालबालिकाहरु खुशी भएको छ्न।
यस बस्तीको बालबालिकाहरुको अभिभावकहरु सामाग्रीहरु प्राप्त गरि खुशी भैइ बरिस्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाई धन्यवाद दिएका छ्न।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ, नेपालको विभिन्न जिल्लामा दलित समुदायको लागि आर्थिक सहयोग , अति विपन्नको लागि खाद्यान्न राहत , दलित बालबालिकाको लागि कापीकलम तथा शैक्षिक सामाग्रीहरु सहयोग , सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा सहयोग गर्दै आउनुभएको एचडीएनपी इन्टरनेसनल अध्यक्ष देवी डेविड आचार्यले जानकारी दिए।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ),अमेरीकाको अध्यक्ष देवी डेविट आचार्य ज्युले मुसहर समुदायको बालबालिकाको लागि वार्षिक रुपमा निरन्तर लामो वर्ष सम्म शैक्षिक सामग्रीहरु सहयोग गर्ने , दलित अभिभावकहरुको लागि जिविकोपार्जनको लागि तथा आर्थिक समृद्धिको लागि योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पिसफोर दलितस फाउन्डेसन नेपाल ,मधेश प्रदेश, पर्साले एचडीएनपी इन्टरनेसनल ,अमेरिकाको अध्यक्ष तथा वरिष्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाइ उहाँको काम र समाजमा गरेको योगदान , सेवाको मुल्यांकन गरि सम्मान पत्रले सम्मानित गरेको छ ।
पिसफोर दलितस फाउन्डेसन नेपाल मधेश प्रदेशको जिल्लामा सक्रिय दलित समुदायको संस्था हो , विगतको वर्ष देखी फाउन्डेसन दलित समुदायको सशक्तीकरण , सामाजिक न्याय , समानता , दलितको छुवाछूत अन्त्य , शिक्षा , सामाजिक रुपान्तरण , दलित समुदायको लागि वकालत , दलित समुदायको सेवा सहयोगमा सक्रिय रहेकोे छ।
एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालको कामको मुल्यांकन तथा निरीक्षण गर्नुभएको छ , अभिभावक , बालबालिका संग स्थलगत छलफल तथा अन्तक्रिर्या गर्नुभएको छ , साथै फाउन्डेसनको टिम संग छलफल गर्नुभएको छ। कौवाबन गाउँको मुसहर बस्तीको स्थलगत अनुगमन , समस्या जानकारी लिनुभएको छ ।
यस शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रमको अध्यक्ष दलित अभिभावक संघको अध्यक्षता उर्मिला देवी मुसहर ज्यु, कार्यक्रमको प्रमुख अतिथि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट ज्यु , फाउन्डेसनको सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम , संगीता देवी मुसहर , अशोक राम लगायत दलित युवा , दलित महिला र बालबालिकागरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नुभएको छ।
तपाईको प्रतिक्रिया !