पर्सा १५ कार्तिक । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटङकीस्थित एक घरमा चाेरी भएकाे छ ।
खानेपानी नजिक रहेकाे कृष्ण प्रसाद कलवारकाे घरमा करिब रु १० लाख बराबरकाे चाेरी भएकाे पिडितले वताएका छन् । घरमा काेइ नभएकाे माेकाछाेपी चाेरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चाेरेर लगेकाे हुन् ।
साेही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाका इन्जिनियर रबिभुषण पटेलकाे काेठामा पनि चाेरी भएकाे छ । उनकाे काेठाबाट चाेरहरुले दुईटा ल्यापटप र एक लाख नगद चाेरेर लगेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार एक तल्ले भवन अगाडीकाे पर्खालबाट हाम फालेर मेनगेटकाे ताला फाेडेर घर भित्र चाेरहरु प्रबेश गरेकाे देखिन्छ । घर भित्र रहेकाे पांच वटै काेठाकाे ताला फाेडेर चाेरहरु चाेरी गरेका छन
घर धनी बस्दै आएका काेठाहरुमा पनि चाेरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चाेरी भएकाे सामानकाे विवरण थाहा हुन सकेकाे छैन् ।
तपाईको प्रतिक्रिया !