राजन कुमार बानिया पर्सा ९ कार्तिक बिजयदशमी को अवसरमा पर्साको पोखरिया नगरपालिकामा आज बिसाल कुस्ती दंगल प्रतियोगिता को उदघाटन प्रमुख अतिथि रहनु भएका पोखरिया नगरपालिका का मेयर प्रधुमन प्रसाद चौहान र पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी ले संयुक्त रुपामा उदघाटन गरेका थिए।
बिजया दशमीको अवसरमा पोखरिया नगरपालिकाको वडा नं ४ ले आयोजना गरेको कुस्ती दंगल प्रतियोगिता पोखरिया मा रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा.बी को चौर मा सम्पन्न भएको थियो।
नव दुर्गा पूजा समिति र पोखरिया वडा नम्बर ४ को आयोजनामा कुस्ती दंगल प्रतियोगिता वडा अध्यक्ष लक्षमण साह कानू को अध्यक्षतामा सम्पन्न भएको हो। कुस्ती दंगल प्रतियोगिता कार्यक्रम मा उप मेयर रूबी कुमारी ठाकुर ,पोखरिया नगरपालिका को प्रथम मेयर दीपनारायण प्रसाद रौनियार, नेपाली कांग्रेस पर्सा का उपसभापति अशोक गुप्ता ,
,नेता नेजामोदिन समानी , बिध्याचल ठाकुर ,शंकर यादव,नेपाली कांग्रेस पोखरिया नगर कमिटी अध्यक्ष रामबाबु प्रसाद चौहान , क्षेत्रिय सभापति श्री किसुन प्रसाद चौहान ,ने का पा एमाले क्षेत्र नम्बर ३ को सभापति राजेश्वर प्रसाद रौनियार, नेपाली कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधी,ललन दुबेदी, शैलेन्द्र प्रसाद यादव , पोखरिया नगरपालिका को लेखापाल मन्दिप महतो,पोखरिया नगरपालिका को १ देखि १० सम्म को वडाअध्यक्ष लगाएत हजारौ को संख्या मा जन सहभागिता रहेको थियो। कुस्ती दंगल प्रतियोगिता मा भारत नेपाल का पहलवान हरु ले अा अाफ्ना कुस्ती गरेका थिए।
तपाईको प्रतिक्रिया !