राजन कुमार बानिया पर्सा १५ असोज । पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी गाउँ निवासी जिल्ला बिकास समिति पर्साका पुर्व ईलाका सदस्य स्वर्गीय रामचन्द्र प्रसाद कुर्मीको १३ अौ पुन्यतिथ्यमा अाज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभा उहाँको अाफ्नै निवासको प्रयागंनमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा स्वर्गीय कुर्मीले अाफ्नो जीवन राजनितिकमा बिताएर जनता र देशको बारेमा गर्नु भएको योगदानको बारेमा चर्चा श्रद्धाञ्जली सभामा सहभागी भएका नेता ,शिक्षक,पत्रकार ,डाक्टर लगायत समाजसेवी हरुले गर्नु भएको हो। श्रद्धाञ्जली सभामा सहभागी हरुले भने हामीहरु एउटा नेता होईन एउटा योद्धा गुमाएका छौ उहाको निधन बाट दुखित र मर्माहित बनाएको छ।उहाँ को योगदानको बारेमा जति चर्चा गरेपनी थोरै हुन्छ । श्रद्धाञ्जली सभा कार्यक्रम स्वर्गीय कुर्मीका छोरा शिक्षक अजय पटेलको अध्यक्ष्ातामा भएको श्रद्धाञ्जली सभामा सहभागी हरुले स्वर्गीय कुर्मीको फोटोमा अबिर , फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन। श्रद्धाञ्जली सभा कार्यक्रममा मधेस प्रदेश सरकारको उर्जा सिचाई तथा खानेपानी मन्त्री मा.सिंगासन सा.कलवार लोसपा का पुर्व मन्त्री लछुमन लाल कर्ण धोबिनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान,पोखरिया नगरपालिला नगर प्रमुख प्रधुमन चौहान, जगरनाथपुर गाउँपालिकाको पुर्व अध्यक्ष जालिम मियाँ , नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी,बारा जिल्ला बन अधिकृत कपिलदेव पटेल,बिश्ववनाथ साह तेली, जानकिटोलाका पुर्ब गाबिस अध्यक्ष झकड मियाँ ,भिखमपुर पुर्व गाबिस अध्यक्ष अमिका प्रसाद कुर्मी,मधेस प्रदेश सरकारको उर्जा सिचाई तथा खानेपानी मन्त्री का सकिय सचीव सचिन सिंह शिवबर्वाको पुर्व गाबिस अध्यक्ष रामबचन महतो, लंगडी का वडा अध्यक्ष अबास मियाँ राजकिसोर पटेल,देबेन्द्र कुर्मी दिभाकर पटेल ,नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल,नेता बिपिन यादव, पप्पु पटेल, धर्मेन्द्र पटेल,पत्रकार अारके पटेल ,मधु शर्मा,धर्मेन्द्र चौरसिया,लगायतले श्रद्धाञ्जली अर्पन गरेका छन ।स्वर्गीय कुर्मी गाउँ पंचायतको समयमा उपाध्यक्ष र प्रजातान्त्र कालमा जिल्ला बिकास समिति पर्साको ईलाका सदस्यमा निर्वचित हुनु भएको थियो। उहाँको दुई जना छोरा र तीन जना छोरी रहेको।जेठो छोरा शिक्षक अजय पटेर र सानो छोरा बैंकका कर्मचारी राजकुमार पटेल र तीन जना छोरी रहेको परिवारिक स्रोतले जनाएका छन
तपाईको प्रतिक्रिया !