Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

भारतबाट आयात हुने चामलको भन्सार दर बढाउन माग

भारतबाट आयात हुने चामलको भन्सार दर बढाउन माग

बुटवल : संघीय सरकारले रोपाइँअघि नै धानको समर्थन मूल्य तोके पनि कार्यान्वयनमा चुनौती देखिएको छ । भारतबाट आयात हुने चामलसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने डरले लुम्बिनी प्रदेशका सहकारीहरू समर्थन मूल्यमा धान खरिद गर्न हिच्किचाइरहेका छन् ।

लुम्बिनी प्रदेशका कुल ४ हजार सहकारीमध्ये १७ सय वटा कृषि सहकारी छन् । तर, सरकारले धान खरिदका लागि आह्वान गर्दा मुस्किलले ५० वटा सहकारी मात्रै सूचीकृत भएका छन् । खासगरी भारतबाट ठुलो परिमाणमा आयात हुने सस्तो चामलका कारण सहकारीहरू सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सहजै तत्पर नभएका हुन् ।

रुपन्देहीको बेलहिया भन्सार नाकाबाट मात्र एक वर्षमा सरदर करिब २ लाख मेटि्रक टन चामल र कनिका आयात हुने गरेको छ । कपिलवस्तुको कृष्णनगर, सुथौली, नवलपरासी पश्चिमको महेशपुर, ठुटीबारी र बाँकेको जमुनाह नाकाबाट पनि भारतीय चामल आयात हुने गरेको छ ।

नेपालमा आयात हुने भारतीय मोटा चामलको बजार मूल्य हाल प्रति क्वीन्टल २९ सय रुपैयाँ रहेको तर समर्थन मूल्यमा खरिद गरिने नेपाली धानको चामल प्रति क्वीन्टल करिब ३२ सय रुपैयाँ पर्न जाने प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी बताउँछन् ।
‘सहकारीले एक क्वीन्टल धान खरिद गरेर चामल बनाउँदा करिब ३२ सय रुपैयाँ पर्न जान्छ । तर, उताबाट २९ सयमा आउँछ’, सुवेदीले भन्छन् ‘प्रति क्वीन्टल ३०० सस्तो भएपछि हामीले भोलि कसरी प्रतिस्पर्धा गर्ने ?’

भारतीय चामल सस्तो भएकाले भोलि धान/चामल बिक्री गर्न गाह्रो हुने र नोक्सान बेहोर्नुपर्ने डरका कारण सहकारीहरू क्षमताले भ्याएजति धान निर्धक्क भएर खरिद गर्न नसकेको अध्यक्ष सुवेदीले बताए ।

‘मुख्यरुपमा भारतबाट आयात हुने चामलको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा चामल बिक्री नहुने डरले सहकारीहरु हच्किएका छन्’, सहकारी संघका अध्यक्ष सुवेदी, ‘सरकारले समर्थन मूल्यलाई प्रभावकारी र सफल कार्यान्वयन गर्ने हो भने आयात हुने चामल र कनिकाको भन्सार महसुल बढाउनैपर्छ ।’

सरकारले बनाएको धान खरिद निर्देशिकामा किसानलाई रकम भुक्तानी चेकमार्फत मात्रै गर्ने भनिएकाले पनि बैंक खाता र सहकारीका सदस्य नहुने किसानले समर्थन मूल्यमा धान बेच्न नपाएको सुवेदीले औंल्याए । किनभने बैंक खातामा सबै किसानको पहुँच छैन ।

सबै किसान सहकारीको सदस्य छैनन् । उनीहरुलाई समर्थन मूल्यमा धान बेच्ने प्रक्रिया झन्झटिलो भएपछि त्यसको फाइदा बिचौलियाले लिएका छन् । सुवेदी भन्छन्, ‘सरकारले सहकारीले दिने स्लीप (कुनै प्रमाण) का आधारमा रकम दिने हो भने त्यस्ता किसान पनि समेटिन्छन् ।’

Tags: चामल

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

ताजा समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर